Skip to main content

Posts

Showing posts from 2010

उसको हजुरबुवा

उ मेरो सबैभन्दा मिल्ने साथी । मेरो बाल्यकालदेखी नै उ सधैँ मेरो सँगसँगै छ । एकअर्काको छायाँ जस्तो । उसको हजुरबुवा लाइ मैले आफु थाहा पाउने हुने बेलादेखी नै देखेको थिएँ । हातमा पुरानो बुट्टा कुँदिएको लठ्ठी बोकेर गाउँको तलमाथी गरिरहने बुढा मान्छे । घरको मुलढोकाको छेवैमा दाहिनेतिर कुनामा मिलाएर राखिएका एकजोर हात्ती छाप चप्पल र दलिनमा सिउरीएको उही पुरानो लौरो, उसको हजुरबुवाको पहिचान जस्तै थियो । मुलढोकाको छेउको चप्पलको उपस्थिती र अनुपस्थिती ले उसको हजुरबुवा घरमै हुनुहुन्छ कि अन्तै भन्ने जनाउ दिन्थ्यो । हजुरबुवाको चप्पल कहिल्यै यताउता हुँदैन थियो । सधैँ मुलढोकाको दाहिने छेउ । उसको हजुरबुवा काम नपरि अक्सर बाहिर निस्केको मलाइ थाहा छैन । तर साँझमा भने उहाँको सधैँजसो बाहिर निस्कने बानी थियो । माइल्नियार (माइलो नेवार) को पसलमा गएर एक कप चिया नखाइ शायद हजुरबुवाको दिन पुर्ण हुन्नथ्यो क्यार सँधैँ जसो साँझमा हात्ति छाप चप्पल पड्काउँदै हजुरबुवा मेनरोडको माइल्नियारको पसलमा चिया पिएर आउनुहुन्थ्यो । कहिलेकाहीँ उसले पनि हजुरबुवालाइ त्यही पसलमा भेटाएको बखत दुनोट र अैँठे चपाउँदै मलाइ देखाएथ्यो । हजुरबुवाले

गजल

यसपाली नि कुलो सुख्खा सुख्खै रह्यो पाटो हजुर । गैरि खेतमै धाँजा फाट्यो जर्जर भयो माटो हजुर । नहरहरु प्वालै प्वाल छन्, चुहिन्छ त्यो कुलो पनि धान झुल्ने फाँटहरुमा कमिलाको बाटो हजुर ।। थुनिएर रस्यानहरु भरिएलाकी कुलो, फाँट भन्ने आशका घाउहरुमा आशकै लाग्यो खाटो हजुर ।।

अविस्मरणीय भोक

असोजको महिना भएपनि मौसमले शरदको रुप लिइसकेको थिएन । मौसम खराव भएकोले कैयौँ दिनदेखि उडान नहुँदा यात्रुहरु रारा(ताल्चा) विमानस्थलमा अलपत्र परेका छन् भन्ने खबरले हाम्रो पनि यात्रामा तगारो हाल्ने हो की भन्ने शंका त मनमा छँदै थियो । तर मौसम हामीसँग दयालु भइदियो । बिहानै देखी मौसममा आएको सुधारले हामीलाइ एकहदसम्म खुसी नै बनायो । बिहानको नित्यकर्म सकेपछि हामी गमगढी छोड्ने तयारी गर्न लाग्यौँ । लामै बिदामा निस्कन लागेको हुनाले सबै कर्मचारी साथीहरुलाइ दशैँको शुभकामना सहित बिदा भयौँ । हवाइ यात्रा बाहेक अर्को विकल्प नभएको त्यो बिकट सदरमुकामबाट बिमानस्थल पुग्न लगभग २ घण्टाको नाकै ठोकिने ठाडो उकालो हिँड्नु पर्थ्यो । हामी दुइ जना थियौँ - डटेन्द्र गोले दाइ र म । काँधमा झोला बोकेर दाजुभाइ लाग्यौँ ताल्चा एअरपोर्टको बाटो । बिहानैदेखी खच्चरहरु काममा लागीसकेका रहेछन् । साँघुरो गोरेटोमा खच्चरहरुलाइ बाटो दिँदै हामी अगाडी बढीरह्यौँ । करिब आधा घण्टाको हिँडाइपछि गाउँ छिचोलियो, हामी उकालोको फेदमा आइपुग्यौँ । स्थानीयले काठ घिसार्दा र पहराबाट ढुंगा निकाल्दा बाटाभरी छरिएका धारीला चट्टानहरुको कारणले बाटो हिँड्न स

बडादशैँको शुभकामना

हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा । भवानीको भयो पुजा चल्यो आनन्दको चर्चा ।। जता जाउँ उतै भन्छन् दशैँ आयो, दशैँ आयो ।। यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ।। सम्पुर्ण हिन्दुहरुको महान् चाड बडादशैँ को पावन अवसरमा मिलनब्लग यहाँहरुको जिवनमा समृध्दी, प्रगती, र शान्तिको लागी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।।। ( Milan’s Blog wishes you for Peace, Prosperity and Happiness in your life in this  auspicious occasion of BADA DASHAIN, the Greatest Festival of all the Hindus).

Mystery of Playing Cards

(The Season of Festivals arrived in Nepal and I think Those festivals will be incomplete without the Playing Cards (Poker Cards). Every people know the Playing Cards very well but there are some more interesting facts behind those cards. Let’s find out some of the artistic explanations about the Playing Cards.) The mystery of playing cards is that we don't know exactly who invented them. Playing cards date back to somewhere between A.D. 800 and A.D. 1100. There is reference to them in an ancient Chinese dictionary that said they were originated during the time of Seun-Ho around 1120. Supposedly, he used them to amuse and entertain himself and the people he lived with. In Egypt and India they were used for religious purposes. At first, cards were round in shape. If you've ever dropped a deck of cards, you can appreciate how much easier it would be to pick them all up and get them aligned with circular cards! In about 1500, the cards changed and started depicting the kings and

NASA launches SERVIR-Himalaya Programme with ICIMOD

The SERVIR-Himalaya system has been launched on 5 th October 2010, by Mr. Charles F. Bolden Jr., NASA Administrator, and Mr. Michael Yates, Senior Deputy Assistant Administrator of USAID in Kathmandu. The launch had been held on the occasion of the international symposium, 'Benefiting from Earth Observation: Bridging the Data Gap for Adaptation to Climate Change in the Hindu Kush-Himalayan Region' , which started on 4 th October. SERVIR is an earth observation, monitoring, and visualisation system that integrates satellite and other geospatial data as a contribution to improved scientific knowledge to support decision-making by managers, researchers, students, and the general public. Initiated by NASA and USAID, SERVIR has been recognised by the Group on Earth Observations (GEO), as an early achiever of the GEO vision.

Climate Change and Himalayan Livelihood

Climate change has been a very hot topic nowadays. From primary school students to the multinational assembly, we are talking the causes, effects and impacts of climate change everyday. Changing in general weather pattern, excessive rain and temperature, loss of biodiversity all supposed to be a impact of climate change which eventually putting the pressure on livelihood of people. But the poorest of the poor have been hit hard by those impacts. So it also would be interesting to share some of my experiences regarding impacts of climate change in the daily livelihood of the Himalayan people. Everyone is agree that the climate change has been showing its impact all over the world. But the mountains and coastal areas are receiving its very rapid impact. Climate change has brought numerous unwanted environmental phenomena. The most prominent impacts in Himalayan region are rapid increase in temperature and excessive rainfall. In this post we are giving more emphasis on the effects of th

सेतो रिबन-२

“….. सुकन्या‍‍‍‍‍‍‌‌‌ को नाम जस्तै उनको रुप पनि छ - सुन्दर र सुकुमार । गहुँगोरो बाटुलो अनुहार, ठुला ठुला गाजलु आँखा र कसिलो जिउडाल भएकी सुकन्या गाउँकी युवकहरुका तारा बनेकी छे । दुर्गम जिल्लामा भएपनि तुलनात्मक रुपमा सम्पन्न परिवारमा जन्मिएकीले लालनपालन पुगेर होला यहाँका अन्य युवतीहरुभन्दा खाइलाग्दी देखिन्छे । हरेक दिन कोरिबाटी गरिवरी आकाशे रंगको सर्ट र निलो फ्रक लाएर मेरै अफिसको बाटो हुदै उ बिद्यालय जान्छे । अक्सर चिसो नै हुने हिमाली जिल्लाको कार्यालयमा हामी बाहिरै घाम तापेर बसेका हुन्छौँ । उसँगै एक हुल केटीहरु बिद्यालय पोशाकमा कार्यालयकै अगाडीबाट हिँड्दा  सबै कर्मचारीहरुको ध्यान उ तिरै  नै तानिने गर्छ किनकी उसको मुस्कानले सबैलाइ आकर्षित गर्छ । तर त्यो सुमधुर मुस्कान भित्र गहिरो बेदना पनि लुकेको छ भनेर कोहि कोही लाइ मात्रै थाहा छ ।’’  एक हुल जँड्याहाहरु देउडा गाउँदै ओरालो लागेको सुनिन्छ । उ सिरकलाइ मुखसम्म तानेर सुत्छ । ‘’सुकन्याको जन्म कर्णालीको यस्तो दुर्गम गाउँमा भए पनी उसले सदरमुकाम बसेर पढ्न पाइ । शिक्षण पेशा गर्ने उसको बुवाले जागीर गरेर कमाएको सम्पतिले सदरमुकाममा यौटा घर बनाइदिए

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।

हाम्रो पर्यटन

यो पोस्ट लेखिरहँदा म सुर्खेतको एउटा होटलमा छु । म जस्ता धेरै यात्रीहरु भोलि त आफ्नो गन्तव्यमा पुगीएला भन्ने आशले कैयौ दिनदेखि यसै होटलमा छन् । ति यात्रुहरु कोहि कर्णालिका स्थानिय, कोहि सरकारी र गैरसरकारी संस्थामा कार्यरत कर्मचारी र कोही बिदाको समयमा नेपाल घुम्न आएका पर्यटक छन् । कर्मचारी र स्थानीयको त यो सधैंको नियति भैगयो तर सिमित समय र पैसा बोकेर आएका पर्यटकहरुको पनि बिचल्ली देख्दा सारै नरमाइलो लागिरहेछ । आज बिहान मात्रै साता दिन म सँगै यहि होटलमा बसेका चार जना न्युजिल्याण्डका पर्यटकहरु हुम्ला जाने वातावरण नभएर दुखित मन लिएर फर्किए । खै किन हो म उनिहरुसँग अलि बढि नै नजिक भएको थिएँ र उनिहरुले पनि मलाइ कहिले कुनै कुरा सोध्न, उनिहरुका कतिपय कुराहरु अरुसँग बाँड्नको लागी नजिक पारिरहे । होटलमा उनिहरु आफैंवाहेक मसँग बारम्बार कुरा गरिरहन्थे । जव उनिहरु हुम्ला जाने कुनै उपाय नलागेर फर्किन लाग्दै थिए, उनिहरुको अनुहारमा देखिएको निराशाले मलाइ आफु जान नपाएको भन्दा पनि निराश बनायो । र यो पोष्ट लेख्न प्रेरीत गर्यो ।

सेतो रिबन

बाहिर  चिसो हिमालि हावा चलिरहेको ऊ भित्रै बसेर अनुभव गरिरहेको छ । हावाले हल्लाएका प्लास्टिकका छानाहरु र पल्लो भोटेको घरको झन्डा हल्लिएको आवाज ऊ भित्रै बसेर सुनिरहेको छ । उसलाई त्यो चिसो हावा कती चिसो छ भन्ने राम्ररी थाहा छ र त ऊ आफ्नो कोठाको झ्याल ढोका डम्म बन्द गरेर बसेको छ सिरकभित्र गुटुमुटु परेर । अली माथिको बाटोमा एक हुल जँड्याहा हरु हल्ला गर्दै हिडेको र गोठमा बाँधिएका खच्चरका घाँटिमा बाधिएका घन्ट दाना चपाउदै गर्दा बजेको पनि कोठा भित्रै सम्म सुनिएको छ । ति जँड्याहाहरु उसको कोठाको छेउको बाटो हुँदै पल्लो गाउँतिर लागेको पनि ऊ चुपचाप सुनिरहन्छ र तिनिहरुको हल्लामा मिसिएका शब्दहरु सुनेर नकारात्मक भावले मुस्काउँछ । आज सोलारले काम गरेको छैन उसको चिम अघिनै निभिसकेको छ तर ऊ हार मान्ने वाला छैन । टर्च लाइट लाई सिलिङ मा झुन्ड्याएर ऊसले आफ्नो टेबल ल्याम्प तयार पार्छ र आफ्ना पुस्तकहरुमा नजर लगाउन सुरु गर्छ । पल्लो कोठामा मोबाईल मा बोलेको प्रस्ट सुनिएको छ तर उसले त्यसमा कुनै मतलब गरेको छैन । हावाको झोँकाले एकपटक फेरी उसको ढोका मा आफ्नो शक्ती देखाउँछ । छेस्किनी नलगाएको ढोका ह्वाङग उघ्रिन्छ । ऊ स

Earth Hour Nepal 2010

On 27 March, 2010, the world will come together to take a stand against global warming. In Nepal, our venue will be the magnificent Bouddhanath Stupa, one of the largest Stupas in the world as well as a UNESCO World Heritage Site. There an evening candlelight vigil will be organized where people will come together and light a candle to express their solidarity towards the fight against Climate Change. Apart from this event, any individual or organization who wishes to turn off their lights for one hour is welcome to do so and be a part of this massive event. Earth Hour is a message of hope and action. Imagine what we can do if we act together. EARTHHOUR 2010

तिम्रो आँशु

झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै न हुरी न बतास त्यसै आँफै ओइलिएर फूल झरिरह्यो तिमी रोइरह्यौ कि कतै रुझेका ति केशहरु फुकाउँदै सल्लाघारी आवाज गरिरह्यो तिमी रोइरह्यौ कि कतै किनारालाइ छिया पार्दै खोला उर्ली उर्ली सिमा तरिरह्यो तिमी रोइरह्यौ कि कतै चिहाउदै जुन कैले कैले लुक्दै बादलुमा शित छरिरह्यो तिमी रोइरह्यौ कि कतै कोल्टे फेर्दै अशुभ-अशुभ सपनाहरुसँगै रात टरिरह्यो तिमी रोइरह्यौ कि कतै ।।। झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै ...

नौलो संसार- ४

('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो पोस्टमा उनले लमजुङ देखी बिध्यालयको खोजिमा काठमाडौंसम्म पैदलै गरेको यात्राको बयान....) .......गाउँमा कुनै पाठशाला थिएन । यसो त लमजुङ जिल्लाभरी नै कतै पनि पाठशाला थिएन । एक जना छेत्री बुढा थिए, भारत गएर आएकाले उनलाई सबैले 'देशी बुढा' भन्ने गर्थे । तिनले नै लोकप्रिय धार्मिक श्लोकहरु लय हाली कण्ठस्थ पार्ने तरिकाद्वारा पढाउने गर्दथे । ठुलाले औपचारिक शिक्षा प्राप्त गरेकै थिएन । कारण उसका पिता गाउँघरको ब्यवहारले ब्यस्त रहन्थे र आमा अशिक्षित थीइन् । पाठशालामा पढ्न जान ठुला अती इच्छुक थियो । दरबार स्कुलमा छोटो समयमा पढ्दाका माइला र साइँला दाजुहरुका राम्राराम्रा पोसाकहरु र चित्रसहितका किताबहरु बाकसमा राखिएका देख्दा नै उसलाई पाठशाला जाने रुची भएको थियो । तर काठमाडौँ त राम्ररी हिँड्दा पनि सात दिन टाढा पर्दथ्यो । ठुलाका बाबु बर्षमा एकपल्ट पेन्सन थाप्न काठमाडौँ जाने गर्थे र फर्केर आउँदा नानीहरुका निम्ती मिठाइ त

तिमी....

तिमी आयौ बिहानी भो । यौटा मिठो कहानी भो । फूलहरु उदाश थिए तिनलाई अब रानी भो । यौटा मिठो कहानी भो । झण्डै झन्डै ओइलिएको जिन्दगीलाई पानी भो । यौटा मिठो कहानी भो । थाकेको यो शिर राख्न तिम्रो काख सिरानी भो । यौटा मिठो कहानी भो । जब आयौ जिन्दगीमा जवानी यो जवानी भो । तिमी आयौ बिहानी भो । यौटा मिठो कहानी भो ।