Oct 27, 2010

गजल

यसपाली नि कुलो सुख्खा सुख्खै रह्यो पाटो हजुर ।
गैरि खेतमै धाँजा फाट्यो जर्जर भयो माटो हजुर ।

नहरहरु प्वालै प्वाल छन्, चुहिन्छ त्यो कुलो पनि
धान झुल्ने फाँटहरुमा कमिलाको बाटो हजुर ।।

थुनिएर रस्यानहरु भरिएलाकी कुलो, फाँट
भन्ने आशका घाउहरुमा आशकै लाग्यो खाटो हजुर ।।
बाढी आए खोलातिर कैले काँही चढ्छ पानी
तानातान हुन्छ फेरी आफन्तमै फाटो हजुर ।।

के गर्नु ति नहर कुलो भिजाउँदैनन् धर्ती भने
भत्काइदिए हुन्छ सबै निर्माण गर्ने साटो हजुर ।।

यसपाली नि कुलो सुख्खा सुख्खै रह्यो पाटो हजुर
गैरि खेतमै धाँजा फाट्यो जर्जर भयो माटो हजुर ।।।

No comments:

Post a Comment