Mar 5, 2013

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।)

तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि ।
दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि ।

दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो
फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि ।

खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर
अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

Feb 1, 2013

एउटा क्रान्तिकारीको मनोवाद

abcराजनितीमा लागेको यतिका बर्षपछी बल्ल आफुले चाहेजस्तो ठाउँमा पुगेको छु.. तर कम्ता गारो परेन यी सबै चिज पाउन.. ओहो ति दिन सम्झिँदा पनि कहाली नै लाग्छ.. ति संघर्षका दिनहरु कम्ती अफ्ठ्यारा थिएनन्.. टाउकाको मोल बोकेर पनि हिँडीयो कुनैबेला.. ह्या ति दिन सम्झेर नि के बसिराहोला.. तर साँच्चै यहाँसम्म यति छिटै आइएला भनेर त सोचेको नि थिइएन.. आफ्नै जिवनकालमै यि सबै देख्न पाइयो.. ति लिट्टेका हालत सम्झेर तेतीबेला नै आस थिएन मलाइ त.. तर जे भए नि आइयो.. चाखियो सबै कुरा र चाखिँदैछ..

खै किन हो आजभोलि राम्रो निन्द्रा पो पर्दैन.. डेकेन्द्रको मुद्दा ब्युँतेपछी र कर्नेल लामालाइ बेलायतमा समातेपछी सारै डरमर्दो पो भो त.. त्यो समय नै त्यस्तो थियो त के गर्ने.. हजारौँ मरे नि.. अब युद्धको बेलाको एक एक कुरा केलाएर काँ साध्य हुन्छ त.. यि मिडीयाले कान फुकेर नि फसाउलान् जस्तो छ.. तर कमरेडहरुले गर्न चैँ गल्ती गरेकै हुन्.. डेकेन्द्र र ति अधिकारी मास्टरलाइ चैँ त्यसरी नमार्नुपर्ने.. तर के गर्नु सबै कुरा हाम्रो नियन्त्रणमा नि कहाँ थियो र.. अब पार्टी ठुलो बनाउने भनेर भकाभक सबैलाइ हुलियो.. अब सबै राम्रा कहाँ हुन्छन् र.. छिरे नि नराम्रा पनि.. तिनैका कर्तुतले अहिले यि आफ्नै धोती खुस्केला झैँ भैसक्यो.. युद्धमा लाग्न अलि आँटिला छाती भका चाहियो.. के गर्ने सबै राजनिती र सिद्धान्तै बुझेर त काँ लाग्या हुन्छन् र.. बेफ्वाँकमा अहिले आफुलाइ ऐँजेरु भो.. अब यसरी डेकेन्द्र¸ अनि अधिकारी मास्टर सबैका मुद्दा ब्याझिदै गए भने त आफ्नो पनि काँ खैरियत भो र.. आफ्नो सरकार हुन्जेल त मुद्दा फिर्ता लेर भानि जोगाउँला भन्ठानेको यि मानवअधिकारबादी भनाउँदाले बेलायत र हेगमा लगेर बल्झाइदिने हुन् कि भनेर पो पिरलो पर्यो.. के गर्ने प्रतिकृयावादीहरुसँग नसकिने भो.. ठुलो भाग खान आको झोलमा डुबेर मरियला भन्ने चिन्ता भो.. अनि काँट लाग्नु निन्द्रा.. तर यि अधिकारवादी र पत्रकार भनाउँदा दुइचार दिन कराउँछन् बिज्ञप्ती निकाल्छन्¸ दुइचारवटा सम्पादकीय छाप्छन् अनि चुपो लाग्छन्..

Jan 13, 2013

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो ।
मुद्रा आतंक
यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच लाखको एउटै नोटको पनि साक्षात्कार गरियो ।



Jan 7, 2013

चर्चा कर्नालीको-चर्चा सुनकेशरीको

sunakeshariबितेका एक दूइ हप्ता अझ भनौँ बितेको महिनाभरीनै कर्णाली चर्चाको कुनै न कुनै उचाइमा रह्यो । विकास सुचकांकको हिसाबले अझै पनि नेपालको पुछारमा रहेको अञ्चल चर्चामा रहनुमा भिन्न भिन्न घटनाहरु कारण भैरहे । डिसेम्बरको दोस्रो हप्ता तिर ‘हिमालयन भियाग्रा’को नामले चिनिने यार्सागुम्बासम्बन्धी एरिक भ्यालीको डकुमेन्ट्रीले डोल्पा र कर्णालीको चर्चालाइ यती धेरै उठायो कि अन्तिम दिनको किम्फको त्यो प्रदर्शनीले झण्डै झण्डै सभागृहनै उचालेको थियो । दर्शकहरुले झण्डै मुलद्वार नै भाँचेका थिए सिटीहलको ।

‘हिमालयन गोल्ड रस’को त्यो चर्चा सेलाउन नपाउँदै मुगुको सदरमुकाममा मोटरबाटो पुगेको तामझामयुक्त खबरले कर्णालीलाइ लगभग चर्चाको शिखरमै पुर्यायो । भएभरका नेपाली समाचार च्यानलहरुले घण्टा फेरीफेरी र बिषय फेरीफेरी त्यसलाइ प्रस्तुत गरिरहे । कसैले त गमगढी काठमाण्डौ रात्री बसै चलेको झैँ गरि नै समाचार फ्याँके । यौटा सामान्य घटना भएपनि सदरमुकाममा मोटरबाटो पुर्याउन अन्तिमबाट तेश्रो भएको उपलक्ष्यमा मुगु गमगढीले कर्णालीको चर्चालाइ केही हप्तासम्म धानिरह्यो ।

चर्चा अझै सेलाएको छैन कर्णालीको । शहरका अलि बुझेका अनि ट्वीटर र फेसबुकका भित्ताहरु चहार्न भ्याउने केही युवा युवतीहरुको मुखमा फेरी नयाँ चर्चाको बयान कर्णालीको आजभोली । शहरमा चर्चा छ सुनकेशरीको ….

May 7, 2012

हाय पहिचान!!!

यस्तो होला भन्ने सबैले सोचेका पनि थिए कि थिएनन् तर अन्तत देश संघिय हुने नै भयो । र संघियता संगसगै पहिचानको कुरा पनि जबरजस्त रुपमा जोडिएर आयो नङ र मासु जसरी मानौ कि यि दुइ कहिल्यै छुट्टिन नसक्ने कुरा हुन् । तर पहिचानको यो मुद्दालाइ जातिय हिसाबमा जोडेर यति संकिर्ण बनाइयो कि अब त्यो कुरा नखाउँ दिनभरिको शिकार र खाउँ काकाबाको अनुहार जस्तो भै सक्यो राजनिति गरेका भन्नेहरुलाइ । तर हाम्रो पहिचान जसको हामी यसरी तारन्तार कुरा उठाइरहन्छौं त्यो शायद नब्युँतिने गरि कोमा मा गैसकेको छ ।
संघियतामा जातिय राज्य प्राप्त भए जातिय पहिचान जोगीने वा रहने जस्ता वाहियात कुरा गरेर जातिय रुपमा राज्यहरुको बाँडफाँड गर्ने तयारिले मात्रै जातिय पहिचान रहन्छ भन्नु सर्बथा अनुचित हो । हुन त म्युजियममा डाइनोसोरको अस्थि पनि जोगाइएको छ के त्यसलाइ त्यो जिवको पहिचान जोगिएको रुपमा बुझ्न सकिन्छ र । कदापी सकिन्न । हो जातिय राज्य बिभाजन गरेर पहिचान कायम रहन्छ भन्नु यस्तै कुरा हो । सत्य कुरा त के हो भन् हामी पहिचान जोगाउने मुडमा कहिले पनि थिएनौं, छैनौं र शायद हुने पनि छैनौं । पहिचानको कुरा त अहिले नितान्त प्रोपोगाण्डाको हिसाबले आएको हो । यसभित्र कुनै पनि असल नियत देखिएको छैन अहिलेसम्म ।