Skip to main content

हाम्रो पर्यटन

images1 यो पोस्ट लेखिरहँदा म सुर्खेतको एउटा होटलमा छु । म जस्ता धेरै यात्रीहरु भोलि त आफ्नो गन्तव्यमा पुगीएला भन्ने आशले कैयौ दिनदेखि यसै होटलमा छन् । ति यात्रुहरु कोहि कर्णालिका स्थानिय, कोहि सरकारी र गैरसरकारी संस्थामा कार्यरत कर्मचारी र कोही बिदाको समयमा नेपाल घुम्न आएका पर्यटक छन् । कर्मचारी र स्थानीयको त यो सधैंको नियति भैगयो तर सिमित समय र पैसा बोकेर आएका पर्यटकहरुको पनि बिचल्ली देख्दा सारै नरमाइलो लागिरहेछ । आज बिहान मात्रै साता दिन म सँगै यहि होटलमा बसेका चार जना न्युजिल्याण्डका पर्यटकहरु हुम्ला जाने वातावरण नभएर दुखित मन लिएर फर्किए । खै किन हो म उनिहरुसँग अलि बढि नै नजिक भएको थिएँ र उनिहरुले पनि मलाइ कहिले कुनै कुरा सोध्न, उनिहरुका कतिपय कुराहरु अरुसँग बाँड्नको लागी नजिक पारिरहे । होटलमा उनिहरु आफैंवाहेक मसँग बारम्बार कुरा गरिरहन्थे । जव उनिहरु हुम्ला जाने कुनै उपाय नलागेर फर्किन लाग्दै थिए, उनिहरुको अनुहारमा देखिएको निराशाले मलाइ आफु जान नपाएको भन्दा पनि निराश बनायो । र यो पोष्ट लेख्न प्रेरीत गर्यो ।
मध्यपश्चिमान्चलको क्षेत्रीय सदरमुकाम सुर्खेत कर्णाली अञ्चलको यात्रा र व्यवसायको मियो हो भने नेपालको सुप्रसिद्द पदयात्रा मार्गहरु – रारा, डोल्पा र हुम्ला मानसरोवर जाने यात्राको प्रस्थान बिन्दु । त्यसैले यहाँ सधैंजसो विदेशी पर्यटकहरुको आवतजावत भैरहन्छ । लामो समयको पदयात्रा गर्न चाहने जो कोहि पर्यटक पनि डोल्पा या हुम्ला मानसरोवरको यात्रा गर्न यो बाटो हुँदै जाने गर्दछन् । तर यो क्षेत्रमा यात्रा गर्नेले यात्राको शुरुमै धेरै समस्या भोग्नुपरिरहेको छ र त्यसको असर नेपालको पर्यटन उधोग मै पर्न जाने देखिन्छ । यहाँको सबैभन्दा ठुलो समस्या भनेको पदयात्रा क्षेत्रमा हुने उडानको अनिमियतता हो । त्यसमा पनि मौसम जस्तो प्राकृतिक कारणहरुले गर्दा हुने अनियमितताले पर्यटन उधोगलाइ नराम्रो प्रभाव पारेको छ । हुनत प्रकृतिको कहरको अगाडि त कसैको केहि लाग्दैन तर प्रविधिको विकाशसँगै मौसमको प्रभावलाइ हवाइ यात्रामा कम गर्ने प्रविधिको पनि विकाश भैसकेको छ । त्यसको बारेमा राज्य सँगसँगै आन्तरिक हवाइ कम्पनिहरुले ध्यान दिए सँधै मौसमबाट प्रभावित भैरहनु पर्ने थिएन । त्यसबाट पर्यटक र हवाइ कम्पनि आफैँले पनि फाइदा पाउने थिए ।
सयौँ किलोका रुकस्याक बोकेर प्रत्येक दिन विमानस्थलबाट सानो मुख लगाएर फर्किएका पर्यटकका अनुहारहरु नेपालको पर्यटनको भविश्यका कुरुप प्रतिविम्व हरु हुन् । सडक यातायातले नछोएका ति दुर्गम क्षेत्रमा जाने हवाइमार्ग भन्दा अर्को विकल्प नभएको र हवाइ यात्रा पनि मौसममा भर पर्ने भएकोले मौसम बिग्रँदा पर्यटकहरुले झन दुख पाएका छन् । एक्काइसौं शताव्दिको यो समयमा पनि कच्चि धावनमार्ग, कुनै पुर्वाधार विनाका खालि आकाश हेरेर मौसमको जानकारि दिने हवाई स्टेशनहरु र पाइलटको भिजिविलिटि राम्रो हुँदा मात्रै उड्ने पुराना प्रविधिका जहाजहरुका कारणले समस्या वास्तवमा भन्दा पनि जटिल बनिरहेको छ । सबैभन्दा अचम्म लाग्दो कुरा त आज दिनभरी वा आउने एक दुइ दिनको मौसम पनि कस्तो हुनेछ भनेर जानकारि दिने प्रणालि समेत नभएकोले पर्यटकहरु झन् अनिश्चयमा रुमल्लीरहनु परेको हुन्छ ।
पर्यटकहरु आफ्नो व्यस्त कार्यसमयको निकै सानो समय निकालेर घुम्न निस्किएका हुन्छन् र त्यहि समय नै एअरपोर्टमा जहाज कुर्दै बिताउनु पर्दा उनिहरुको हाम्रो देशको पर्यटनप्रतिको धारणा कस्तो बन्ला सहजै अनुमान गर्न सकिन्छ । आफ्नो मेहनतको कमाइको ठुलो रकम भिसा, परमिट र नेपालिहरुले तिर्ने भन्दा दोब्बर भाडा तिरेर पनि आफ्नो गन्तव्यमा पुग्न नपाउनुको तनाव कस्तो होला ? तनावबाट मुक्तिको लागि भनेर संसार घुम्न निस्किएका तिनलाई यो समय कस्तो अनुभव होला ? के ति पर्यटकले फेरि कुनै आफ्नो साथीलाई नेपाल घुम्न जाने सल्लाह देलान् ? logo
निर्विकल्प त नभनौं तर पनि हाम्रो जस्तो आर्थिक स्रोत कम भएको देशको लागि पर्यटन आम्दानिको राम्रो अवसर हो भन्ने सबैलाइ थाहा छ । तर पनि पुर्वधार विकासमा भन्दा खालि नारामा मात्रै पर्यटन प्रवर्धन गर्ने काम किन भैराको छ मैले बुझेको छैन । नेपाल पर्यटन वर्ष २०११ शुरु गरेको भन्ने राज्यले २०११ को शुरु सम्ममा पर्यटकहरु पहिलोचोटि प्रवेश गर्ने अन्तराष्ट्रिय विमानस्थलको स्वागत द्वार पनि निर्माण गरिसक्ने छाँट देखिएको छैन, देशका अरु ठाउँको त कुरै नगरौं । टेलिकमका रिचार्ज कार्ड र सरकारि लेटर प्याडमा लोगो छापेर हैन पर्यटकलाई राम्रो स्वागत र सुविधा दिने पुर्वाधार निर्माण गरेर पो पर्यटन बर्ष सफल हुन्छ भन्ने कुरा पो बुझ्नु पर्यो त !!

Comments

Popular posts from this blog

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।