Skip to main content

Posts

Showing posts from May, 2012

हाय पहिचान!!!

यस्तो होला भन्ने सबैले सोचेका पनि थिए कि थिएनन् तर अन्तत देश संघिय हुने नै भयो । र संघियता संगसगै पहिचानको कुरा पनि जबरजस्त रुपमा जोडिएर आयो नङ र मासु जसरी मानौ कि यि दुइ कहिल्यै छुट्टिन नसक्ने कुरा हुन् । तर पहिचानको यो मुद्दालाइ जातिय हिसाबमा जोडेर यति संकिर्ण बनाइयो कि अब त्यो कुरा नखाउँ दिनभरिको शिकार र खाउँ काकाबाको अनुहार जस्तो भै सक्यो राजनिति गरेका भन्नेहरुलाइ । तर हाम्रो पहिचान जसको हामी यसरी तारन्तार कुरा उठाइरहन्छौं त्यो शायद नब्युँतिने गरि कोमा मा गैसकेको छ । संघियतामा जातिय राज्य प्राप्त भए जातिय पहिचान जोगीने वा रहने जस्ता वाहियात कुरा गरेर जातिय रुपमा राज्यहरुको बाँडफाँड गर्ने तयारिले मात्रै जातिय पहिचान रहन्छ भन्नु सर्बथा अनुचित हो । हुन त म्युजियममा डाइनोसोरको अस्थि पनि जोगाइएको छ के त्यसलाइ त्यो जिवको पहिचान जोगिएको रुपमा बुझ्न सकिन्छ र । कदापी सकिन्न । हो जातिय राज्य बिभाजन गरेर पहिचान कायम रहन्छ भन्नु यस्तै कुरा हो । सत्य कुरा त के हो भन् हामी पहिचान जोगाउने मुडमा कहिले पनि थिएनौं, छैनौं र शायद हुने पनि छैनौं । पहिचानको कुरा त अहिले नितान्त प्रोपोगाण्डाको हिसाबले आ