('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो पोस्टमा उनले लमजुङ देखी बिध्यालयको खोजिमा काठमाडौंसम्म पैदलै गरेको यात्राको बयान....)
.......गाउँमा कुनै पाठशाला थिएन । यसो त लमजुङ जिल्लाभरी नै कतै पनि पाठशाला थिएन । एक जना छेत्री बुढा थिए, भारत गएर आएकाले उनलाई सबैले 'देशी बुढा' भन्ने गर्थे । तिनले नै लोकप्रिय धार्मिक श्लोकहरु लय हाली कण्ठस्थ पार्ने तरिकाद्वारा पढाउने गर्दथे । ठुलाले औपचारिक शिक्षा प्राप्त गरेकै थिएन । कारण उसका पिता गाउँघरको ब्यवहारले ब्यस्त रहन्थे र आमा अशिक्षित थीइन् । पाठशालामा पढ्न जान ठुला अती इच्छुक थियो । दरबार स्कुलमा छोटो समयमा पढ्दाका माइला र साइँला दाजुहरुका राम्राराम्रा पोसाकहरु र चित्रसहितका किताबहरु बाकसमा राखिएका देख्दा नै उसलाई पाठशाला जाने रुची भएको थियो । तर काठमाडौँ त राम्ररी हिँड्दा पनि सात दिन टाढा पर्दथ्यो । ठुलाका बाबु बर्षमा एकपल्ट पेन्सन थाप्न काठमाडौँ जाने गर्थे र फर्केर आउँदा नानीहरुका निम्ती मिठाइ तथा खेलौनाहरु लीइ आउँथे । ठुलाले काठमाडौँ जाने सपना बुन्न थाल्यो । तर यसबारेमा आमाबाबुसित उसले कहिल्यै कुरा गर्न सकेन ।
जब ठुला नौ बर्षको भयो काठमाडौँ जानेबारे उसले चाँडै नै निधो गर्ने बिचार गर्यो । त्यस बखत पेन्सन लिन जाने ब्यक्तिहरु बाटामा चोर लाग्छ भन्ने डरले एउटै जमात भई हिँड्ने गर्दथे । हिउँदमा अरु पेन्सनवालाहरु आएर उसका बाबुसँग यात्राबारे कुराकानी गर्दा ठुलाले फरकै नपर्ने गरी सबै कुरा सुन्ने नै भयो । उसले धेरैजसो पेन्सनवालाहरुले साइत निकाली एक शुक्रवार गाउँबाट हिँडेर तराँचेबाट दस किलोमिटर दक्षिणतिर बास बस्ने गरेको निर्णय सुन्न पायो । अरु बाँकी ब्यक्तिहरुचाहीँ भोलिपल्ट बिहान ठुलाका पितासँगै गएर त्यहाँ उनिहरुलाई भेट्न पुग्ने भए । हिँड्ने दिनलाई ठुलाले राम्ररी सम्झिराख्यो र आफ्नोबारे कसैलाई केही भनेन । जाने निर्णय भएको दिनमा उसले मुल बाटो छेउमा एकजोर सुरुवाल लुकाइराख्यो र सधैंझैँ साथीहरुसित खेल्न थाल्यो । केही समयपछी पेन्सनवालाहरुको पहिलो समुह काठमाडौँ जाने बाटो लागेको देखियो । तिनिहरु गाउँबाट नदेखिने गरी ओझेल भईन्जेल ऊ पर्खिरह्यो र त्यसपछी आफ्ना सुरुवाल लिएर तिनिहरुको पछी दौड्यो । उसका साथीहरु छक्कै परे र गाउँदेखी दक्षिणमा पर्ने घट्टेखोलासम्म उसलाई पछ्याउँदै आए । तर ठुला तिनिहरुभन्दा धेरै नै चाँडो दौडन सक्दथ्यो र तिनिहरुले उसलाई भेट्नै सकेनन् ।
आधा घण्टापछी उसले त्यस टोलीलाइ भेट्यो । उनिहरुले ठुलालाई फर्काउन अनेक प्रयास गरे । उसँग बाटामा खाने कुरा र ओढ्ने-ओछ्याउने नभएकाले उसलाई फर्कने आग्रह गरे । तर ठुलाले के जवाफ दियो भने उसका बुवाका सामलहरु उनिहरुले बोकेका हुनाले उनलाई खुवाउनैपर्ने हुन्छ र सुत्नका लागि त ऊ रुखमुनी नै भए पनि त्यसै पल्टनेछ । यस्तो द्रिढ सङ्कल्प भएको ठिटोलाई उनिहरुले अन्य प्रश्नहरु गर्न हार माने । त्यस रात त्यो टोली एउटा सिमलको ठुलो रुखमुनी चौरमा बास बस्यो । ठुलालाई खाना खुवाएर आगोकै छेउमा ओछ्यान लगाइदिए । बुवाले उसको यो गोप्य र आँटिलो निर्णयप्रती कस्तो प्रतिकृया जनाउने हुन् भन्ने कुराको धेरै चिन्ता मनमा खेलाएपछी मात्र ठुलालाई निद्रा लाग्यो ।
भोलिपल्ट बिहान घोडामा चढेर ठुलाका बाबु बास बसेको त्यस ठाउँमा आइपुगे । बुढा मान्छे रिसाएका देखिएनन् । बरु किन घरबाट भागेको भनेर ठुलालाई सोधे । ठुलाले काठमाडौँमा स्कुलमा भर्ना हुने इच्छा ब्यक्त गर्यो र उसलाई साथैमा लिएर जाने बिन्ती गर्यो । पुरै एक हप्ता हिँड्न सकिन्छ सकिँदैन, अर्को फाल्तु घोडा छैन र अरु ब्यक्तिहरुले बोक्न सक्तैनन भन्ने कुराबारे बाबुले उनलाई सोधपुछ गरे । जवाफमा ठुलाले पूर्ण बिश्वासका साथ आँफै हिँड्न सक्ने कुरा बतायो । बाबुले केही क्षण सोचेर ठुलालाई के सम्झाए भने ऊ काठमाडौँ गएको खण्डमा धेरै बर्षसम्म घर फर्कन पाउनेछैन । तर ठुलाले आफ्नो मन बाँधिसकेको हुनाले त्यस कुराप्रती वास्तै गरेन । अनी बाबुको ऊप्रति दया जागेर नै होला एकपल्ट मुसुक्क हाँसे र ठुलालाई काठमाडौँ लिएर जान राजी भए । त्यस बेला ठुलालाई ढुक्क लाग्यो, साँच्ची नै खुशी लागेर आयो ।
तर काठमाडौँ अझै १२८ किलोमिटर पुर्वमा पर्थ्यो र ठुलाले पुरै पहाडको बाटो हिँड्नुपर्ने थियो । उसका गोडामा घाउहरु निस्किए र गोडा सुन्निए पनि । तर फर्काइदिने डर र अरुले खिल्ली उडाउला भन्ने डरले उसले केही बताउनै सकेन । भिराला बाटाहरु, खुट्टा बिझाउने खोलाका बगरहरु र हल्लिने झोलुङ्गे साँघुहरु हुँदै ऊ हिँड्यो । दिनमा उसले नौला ठाउँहरु देख्न पाउँथ्यो र धेरै जिज्ञासा प्रकट गर्दथ्यो । तर रातमा भने ताराहरुले भरिएको आकाशमुनि आफ्नो घर र साथीहरुलाई सम्झँदै धेरै बेरसम्म ननिदाइ निद्रा नपरी त्यसै ढल्किरहन्थ्यो । अनि आमाको न्यानो अँगालो सम्झँदा ऊ चुपचापसित आँसु झार्ने गर्दथ्यो । तर अब त फर्कने कुरै थिएन ।
एक दिन उनिहरु पाँचमाने भञ्ज्याङ आइपुगे र बुवाले छेउमा बोलाएर अगाडि रहेको काठमाडौँ शहरतिर देखाए । पहिले त ठुलालाई आफ्नै आँखाको बिश्वास लागेन । किनभने उसले कहिल्यै पनि यती ठुलो समतल भुमी देखेको थिएन र एकै ठाउँमा यती धेरै घर तथा दरवारहरु हुन्छन भनेर कल्पना पनि उसले गरेको थिएन । काठमाडौँ ठुलाका लागि एउटा आविष्कार नै भयो । उसका अगाडि एउटा नौलो संसार खुल्न गएको थियो ।
समाप्त

Comments
Post a Comment