Aug 4, 2011

गजल


Waiting_for_you_Wसम्झनाको यो नाउलाइ पारी तार्न सकिएन ।
तिमीदेखी टाढा भएँ माया मार्न सकिएन ।

तिमी सम्झि ननिदाइ धेरै रात काटिसकेँ
यो मनलाइ किनकिन आफ्नै पार्न सकिएन ।

विरह र वेदनाका लप्का छातिभित्र उठ्छ
मनको राप शान्त पार्ने आँशु झार्न सकिएन ।