Skip to main content

Posts

Showing posts with the label यात्रा

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल...

अविस्मरणीय भोक

असोजको महिना भएपनि मौसमले शरदको रुप लिइसकेको थिएन । मौसम खराव भएकोले कैयौँ दिनदेखि उडान नहुँदा यात्रुहरु रारा(ताल्चा) विमानस्थलमा अलपत्र परेका छन् भन्ने खबरले हाम्रो पनि यात्रामा तगारो हाल्ने हो की भन्ने शंका त मनमा छँदै थियो । तर मौसम हामीसँग दयालु भइदियो । बिहानै देखी मौसममा आएको सुधारले हामीलाइ एकहदसम्म खुसी नै बनायो । बिहानको नित्यकर्म सकेपछि हामी गमगढी छोड्ने तयारी गर्न लाग्यौँ । लामै बिदामा निस्कन लागेको हुनाले सबै कर्मचारी साथीहरुलाइ दशैँको शुभकामना सहित बिदा भयौँ । हवाइ यात्रा बाहेक अर्को विकल्प नभएको त्यो बिकट सदरमुकामबाट बिमानस्थल पुग्न लगभग २ घण्टाको नाकै ठोकिने ठाडो उकालो हिँड्नु पर्थ्यो । हामी दुइ जना थियौँ - डटेन्द्र गोले दाइ र म । काँधमा झोला बोकेर दाजुभाइ लाग्यौँ ताल्चा एअरपोर्टको बाटो । बिहानैदेखी खच्चरहरु काममा लागीसकेका रहेछन् । साँघुरो गोरेटोमा खच्चरहरुलाइ बाटो दिँदै हामी अगाडी बढीरह्यौँ । करिब आधा घण्टाको हिँडाइपछि गाउँ छिचोलियो, हामी उकालोको फेदमा आइपुग्यौँ । स्थानीयले काठ घिसार्दा र पहराबाट ढुंगा निकाल्दा बाटाभरी छरिएका धारीला चट्टानहरुको कारणले बाटो हिँड्न स...

हाम्रो पर्यटन

यो पोस्ट लेखिरहँदा म सुर्खेतको एउटा होटलमा छु । म जस्ता धेरै यात्रीहरु भोलि त आफ्नो गन्तव्यमा पुगीएला भन्ने आशले कैयौ दिनदेखि यसै होटलमा छन् । ति यात्रुहरु कोहि कर्णालिका स्थानिय, कोहि सरकारी र गैरसरकारी संस्थामा कार्यरत कर्मचारी र कोही बिदाको समयमा नेपाल घुम्न आएका पर्यटक छन् । कर्मचारी र स्थानीयको त यो सधैंको नियति भैगयो तर सिमित समय र पैसा बोकेर आएका पर्यटकहरुको पनि बिचल्ली देख्दा सारै नरमाइलो लागिरहेछ । आज बिहान मात्रै साता दिन म सँगै यहि होटलमा बसेका चार जना न्युजिल्याण्डका पर्यटकहरु हुम्ला जाने वातावरण नभएर दुखित मन लिएर फर्किए । खै किन हो म उनिहरुसँग अलि बढि नै नजिक भएको थिएँ र उनिहरुले पनि मलाइ कहिले कुनै कुरा सोध्न, उनिहरुका कतिपय कुराहरु अरुसँग बाँड्नको लागी नजिक पारिरहे । होटलमा उनिहरु आफैंवाहेक मसँग बारम्बार कुरा गरिरहन्थे । जव उनिहरु हुम्ला जाने कुनै उपाय नलागेर फर्किन लाग्दै थिए, उनिहरुको अनुहारमा देखिएको निराशाले मलाइ आफु जान नपाएको भन्दा पनि निराश बनायो । र यो पोष्ट लेख्न प्रेरीत गर्यो ।

मुगु अनुभव- प्रवेश

बिमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमालि बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरिहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका बिभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ । रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला ...

मुगु अनुभव- यात्रा

....सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा र...

एअरपोर्ट दैनिकी

बिहानै भालेको डाँकसँगै उठ्नु; एअरपोर्ट को गेट मा पुग्नु; एअरलाईन्सहरुको काउन्टरमा गएर बोल्दा पनि पैसा पर्ला जस्तो गर्ने रुखा कर्मचारीहरुसँग दबेको भाषामा जहाजको बारेमा बुझ्नु र निरास भएर फेरी होटल म फर्किनु दैनिकी जस्तै भएको छ गएको हप्ता देखी । ओहो सर अझै यतै ! हेर्नुन म आको त आज ११ दिन भै सक्यो, तपाईं कहिले देखी हो ! आज जान्छ रे त ! आज त चान्स नै भएन यार ! जस्ता वार्तालाप ले बिहान देखी साँझ नपरेसम्म पछ्याइरहन्छ । यो क्रम सधैं चलिरहेको छ कर्णाली जाने यात्रु (जनता र कर्मचारीहरु)को । हुनत दुर्गम भनेर धेरै कुराहरुमा प्राथमिकता र आरक्षण गरिएको छ कर्णाली र यहाँका नागरिकहरुलाई तर पनि वास्तविकता भोग्नेलाई मात्रै थाहा छ । कर्णालीमा जागिर सुरु गरेको १ बर्ष हुनै लाग्यो तर आवत जावतको यो समस्याले गर्दा यो समयको पनि राम्रै हिस्सा एअरपोर्ट (सुर्खेत र नेपालगन्ज) वरिपरी होटेल मा नै बसेर बितेको छ । यहिनै नियती हो कर्णालीमा बस्ने र काम गर्ने धेरै कर्मचारीहरुको, जनताको । कर्णाली का ५ जिल्ला हरु (कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु) मध्य कालिकोट जिल्लामा मात्रै काम चलाऊ सडक पुगेको छ त्यो पनि सदरमुका...