Feb 1, 2013

एउटा क्रान्तिकारीको मनोवाद

abcराजनितीमा लागेको यतिका बर्षपछी बल्ल आफुले चाहेजस्तो ठाउँमा पुगेको छु.. तर कम्ता गारो परेन यी सबै चिज पाउन.. ओहो ति दिन सम्झिँदा पनि कहाली नै लाग्छ.. ति संघर्षका दिनहरु कम्ती अफ्ठ्यारा थिएनन्.. टाउकाको मोल बोकेर पनि हिँडीयो कुनैबेला.. ह्या ति दिन सम्झेर नि के बसिराहोला.. तर साँच्चै यहाँसम्म यति छिटै आइएला भनेर त सोचेको नि थिइएन.. आफ्नै जिवनकालमै यि सबै देख्न पाइयो.. ति लिट्टेका हालत सम्झेर तेतीबेला नै आस थिएन मलाइ त.. तर जे भए नि आइयो.. चाखियो सबै कुरा र चाखिँदैछ..

खै किन हो आजभोलि राम्रो निन्द्रा पो पर्दैन.. डेकेन्द्रको मुद्दा ब्युँतेपछी र कर्नेल लामालाइ बेलायतमा समातेपछी सारै डरमर्दो पो भो त.. त्यो समय नै त्यस्तो थियो त के गर्ने.. हजारौँ मरे नि.. अब युद्धको बेलाको एक एक कुरा केलाएर काँ साध्य हुन्छ त.. यि मिडीयाले कान फुकेर नि फसाउलान् जस्तो छ.. तर कमरेडहरुले गर्न चैँ गल्ती गरेकै हुन्.. डेकेन्द्र र ति अधिकारी मास्टरलाइ चैँ त्यसरी नमार्नुपर्ने.. तर के गर्नु सबै कुरा हाम्रो नियन्त्रणमा नि कहाँ थियो र.. अब पार्टी ठुलो बनाउने भनेर भकाभक सबैलाइ हुलियो.. अब सबै राम्रा कहाँ हुन्छन् र.. छिरे नि नराम्रा पनि.. तिनैका कर्तुतले अहिले यि आफ्नै धोती खुस्केला झैँ भैसक्यो.. युद्धमा लाग्न अलि आँटिला छाती भका चाहियो.. के गर्ने सबै राजनिती र सिद्धान्तै बुझेर त काँ लाग्या हुन्छन् र.. बेफ्वाँकमा अहिले आफुलाइ ऐँजेरु भो.. अब यसरी डेकेन्द्र¸ अनि अधिकारी मास्टर सबैका मुद्दा ब्याझिदै गए भने त आफ्नो पनि काँ खैरियत भो र.. आफ्नो सरकार हुन्जेल त मुद्दा फिर्ता लेर भानि जोगाउँला भन्ठानेको यि मानवअधिकारबादी भनाउँदाले बेलायत र हेगमा लगेर बल्झाइदिने हुन् कि भनेर पो पिरलो पर्यो.. के गर्ने प्रतिकृयावादीहरुसँग नसकिने भो.. ठुलो भाग खान आको झोलमा डुबेर मरियला भन्ने चिन्ता भो.. अनि काँट लाग्नु निन्द्रा.. तर यि अधिकारवादी र पत्रकार भनाउँदा दुइचार दिन कराउँछन् बिज्ञप्ती निकाल्छन्¸ दुइचारवटा सम्पादकीय छाप्छन् अनि चुपो लाग्छन्..