Skip to main content

सेतो रिबन

woman बाहिर  चिसो हिमालि हावा चलिरहेको ऊ भित्रै बसेर अनुभव गरिरहेको छ । हावाले हल्लाएका प्लास्टिकका छानाहरु र पल्लो भोटेको घरको झन्डा हल्लिएको आवाज ऊ भित्रै बसेर सुनिरहेको छ । उसलाई त्यो चिसो हावा कती चिसो छ भन्ने राम्ररी थाहा छ र त ऊ आफ्नो कोठाको झ्याल ढोका डम्म बन्द गरेर बसेको छ सिरकभित्र गुटुमुटु परेर । अली माथिको बाटोमा एक हुल जँड्याहा हरु हल्ला गर्दै हिडेको र गोठमा बाँधिएका खच्चरका घाँटिमा बाधिएका घन्ट दाना चपाउदै गर्दा बजेको पनि कोठा भित्रै सम्म सुनिएको छ । ति जँड्याहाहरु उसको कोठाको छेउको बाटो हुँदै पल्लो गाउँतिर लागेको पनि ऊ चुपचाप सुनिरहन्छ र तिनिहरुको हल्लामा मिसिएका शब्दहरु सुनेर नकारात्मक भावले मुस्काउँछ । आज सोलारले काम गरेको छैन उसको चिम अघिनै निभिसकेको छ तर ऊ हार मान्ने वाला छैन । टर्च लाइट लाई सिलिङ मा झुन्ड्याएर ऊसले आफ्नो टेबल ल्याम्प तयार पार्छ र आफ्ना पुस्तकहरुमा नजर लगाउन सुरु गर्छ । पल्लो कोठामा मोबाईल मा बोलेको प्रस्ट सुनिएको छ तर उसले त्यसमा कुनै मतलब गरेको छैन । हावाको झोँकाले एकपटक फेरी उसको ढोका मा आफ्नो शक्ती देखाउँछ । छेस्किनी नलगाएको ढोका ह्वाङग उघ्रिन्छ । ऊ सिरक फ्यालेर ढोका को छेस्किनी लगाउँछ र फेरी सुरु गर्छ पुस्तक यात्रा ।
उसको ध्यान पुस्तकमा पर्नै पाएको हुन्न अर्को घटनाले उसलाई अचानक अर्कै संसारमा पुर्याइदिन्छ । एउटा महिलाको रुवाइले उसको सबै ध्यान पुस्तकबाट हटाइदिन्छ । एकछिनपछि संगै अर्को एकजना महिला र सानो बच्चा रोएको सुनिन्छ । कतै परबाट आएको जस्तो लाग्ने त्यो कोलाहल कहाँबाट आएको होला भनेर सोच्दैगर्दा अचानक पल्लो कोठामा अघिसम्म मोबाईल मा ब्यस्त उस्की साथीले ढोका ढक्ढक्याउँछे । ढोका खोल्ने बित्तिकै साक्षी एक्कै सासमा भन्छे- “आज फेरी त्यसले श्रीमतीलाई पिट्यो जस्तो छ ।” उसको शरीर चिसो हुन्छ अघिसम्म आएको आवाज कहाँको होला भन्ने सोचिरहेको उसले त्यो आवाज आफु बसेकै घरको तल्लो तल्लाबाट आएको होला भनेर त कल्पना सम्म पनि गरेको थिएन । उसलाई के गरौ कसो गरौ हुन्छ । उसलाई राम्रोसँग थाहा छ उसको घरबेटि रक्सी खाएपछी झगडा गर्न र श्रीमती कुट्न अगाडि सरीहाल्छ तर आज उसले त्यहाँ दुई जना महिलाको रुवाईको आवाज सुनेको थियो ।
साक्षी झगडा र बिवाद भएठाउँ पुग्नलाई बहुतै मन गर्छे तर उसलाई भने त्यो ब्यक्तिगत मामलामा हस्तक्षेप गर्न मन नलागेर हो वा उसको बिवाद र झगडामा उती ध्यान नदिने बानी भएकोले हो ऊ आफ्नै कोठामा नै बसिरहन्छ । साक्षी तुरुन्तै हावाजस्तै तल ओर्लिन्छे । तीन जनाको कोलाहल रुवाइले वरपर सबैतिरका छिमेकी पनि भेला भएको जस्तो सुनिन्छ । ऊ माथिनै बसेर ति अस्पस्ट कुराहरुलाई सुनिरहेको छ । त्यो रक्स्याहा घरबेटी बोलेको प्रश्ट बुझिदैन खाली रोएको मात्रै सुनिन्छ ।
साक्षी सम्पूर्ण रिपोर्टिङ बोकेर फेरी माथि आइपुग्छे । ऊ टोलाएर बसिरहेको हुन्छ । साक्षी तल भएको घटनाको इतिब्रितान्त सुनाउछे । ऊ चुपचाप सुनिरहन्छ । अलिबेर कुरा गरेपछी साक्षी पनि आफ्नो कोठातिर लागेपछी ऊ त्यो बिरक्त लाग्दो कुरा बारेमा उसको मनमा के के कुरा खेलिरहन्छ…..
क्रमश:

Comments

  1. मान्ठाहरु को देश को खबर हो कि, अन्तै को ? अर्को अंक को प्रतिक्षामा !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।