Skip to main content

Posts

Showing posts from January, 2010

तिम्रो आँशु

झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै न हुरी न बतास त्यसै आँफै ओइलिएर फूल झरिरह्यो तिमी रोइरह्यौ कि कतै रुझेका ति केशहरु फुकाउँदै सल्लाघारी आवाज गरिरह्यो तिमी रोइरह्यौ कि कतै किनारालाइ छिया पार्दै खोला उर्ली उर्ली सिमा तरिरह्यो तिमी रोइरह्यौ कि कतै चिहाउदै जुन कैले कैले लुक्दै बादलुमा शित छरिरह्यो तिमी रोइरह्यौ कि कतै कोल्टे फेर्दै अशुभ-अशुभ सपनाहरुसँगै रात टरिरह्यो तिमी रोइरह्यौ कि कतै ।।। झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै ...

नौलो संसार- ४

('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो पोस्टमा उनले लमजुङ देखी बिध्यालयको खोजिमा काठमाडौंसम्म पैदलै गरेको यात्राको बयान....) .......गाउँमा कुनै पाठशाला थिएन । यसो त लमजुङ जिल्लाभरी नै कतै पनि पाठशाला थिएन । एक जना छेत्री बुढा थिए, भारत गएर आएकाले उनलाई सबैले 'देशी बुढा' भन्ने गर्थे । तिनले नै लोकप्रिय धार्मिक श्लोकहरु लय हाली कण्ठस्थ पार्ने तरिकाद्वारा पढाउने गर्दथे । ठुलाले औपचारिक शिक्षा प्राप्त गरेकै थिएन । कारण उसका पिता गाउँघरको ब्यवहारले ब्यस्त रहन्थे र आमा अशिक्षित थीइन् । पाठशालामा पढ्न जान ठुला अती इच्छुक थियो । दरबार स्कुलमा छोटो समयमा पढ्दाका माइला र साइँला दाजुहरुका राम्राराम्रा पोसाकहरु र चित्रसहितका किताबहरु बाकसमा राखिएका देख्दा नै उसलाई पाठशाला जाने रुची भएको थियो । तर काठमाडौँ त राम्ररी हिँड्दा पनि सात दिन टाढा पर्दथ्यो । ठुलाका बाबु बर्षमा एकपल्ट पेन्सन थाप्न काठमाडौँ जाने गर्थे र फर्केर आउँदा नानीहरुका निम्ती मिठाइ त

तिमी....

तिमी आयौ बिहानी भो । यौटा मिठो कहानी भो । फूलहरु उदाश थिए तिनलाई अब रानी भो । यौटा मिठो कहानी भो । झण्डै झन्डै ओइलिएको जिन्दगीलाई पानी भो । यौटा मिठो कहानी भो । थाकेको यो शिर राख्न तिम्रो काख सिरानी भो । यौटा मिठो कहानी भो । जब आयौ जिन्दगीमा जवानी यो जवानी भो । तिमी आयौ बिहानी भो । यौटा मिठो कहानी भो ।