Skip to main content

Posts

Showing posts from 2019

बन डढेलो र अमेजन

वन र डढेलो हालैका दशकमा वन डढेलोको बारेमा निकै नै चर्चा हुने गरेको छ । अमेरिका, क्यानडा, युरोप र अष्ट्रेलियामा सुक्खा मौसममा लाग्ने वन डढेलोको खबर विश्वभरिकै सञ्चारमाध्यमहरुमा प्रकाशित हुने गरेको छ । केही समयदेखी अमेजनको जंगलमा निरन्तर लागिरहेको वन डढेलोको अन्तराष्ट्रिय चर्चा चुलिएपछी फेरी वन डढेलोको वातावरणीय असरहरु सम्बन्धी छलफल बाक्लिएको छ । सामाजिक सञ्जालमा त अमेजनको लागी प्रार्थना गरौँ भन्ने जस्ता ह्यासट्यागहरुले राम्रै स्थान पाइरहेका छन् । तत्कालीक रुपमा वातावरण र पारिस्थिकिय प्रणालीमा नकारात्मक असर गर्ने भएता पनि वनबिज्ञहरुले वन डढेलोलाइ वनको पारिस्थितिकिय प्रणालीकै एक अवस्थाको रुपमा व्याख्या गर्ने गरेका छन् । वन तथा पारिस्थितिकिय प्रणालीहरुको व्यवस्थापनको विभिन्न चरणहरुमा नियन्त्रित डढेलोलाइ नै यौटा ‌औजारको रुपमा नै विश्वभरि प्रयोग गर्ने प्रचलन रहेको हुँदा वन बिज्ञानमा यसलाइ असल नोकर र खराब मालिक (Fire is a good servant but a bad master) भनेर पनि व्याख्या गर्ने गरिएको छ । कतिपय पारिस्थितिकिय प्रणालीको स्वस्थ विकासको लागी निश्चित समयमा वन डढेलो लाग्नु वा लगाउनु फाइदाजनक हुन