Skip to main content

Posts

Showing posts with the label सिर्जना

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

एउटा क्रान्तिकारीको मनोवाद

राजनितीमा लागेको यतिका बर्षपछी बल्ल आफुले चाहेजस्तो ठाउँमा पुगेको छु.. तर कम्ता गारो परेन यी सबै चिज पाउन.. ओहो ति दिन सम्झिँदा पनि कहाली नै लाग्छ.. ति संघर्षका दिनहरु कम्ती अफ्ठ्यारा थिएनन्.. टाउकाको मोल बोकेर पनि हिँडीयो कुनैबेला.. ह्या ति दिन सम्झेर नि के बसिराहोला.. तर साँच्चै यहाँसम्म यति छिटै आइएला भनेर त सोचेको नि थिइएन.. आफ्नै जिवनकालमै यि सबै देख्न पाइयो.. ति लिट्टेका हालत सम्झेर तेतीबेला नै आस थिएन मलाइ त.. तर जे भए नि आइयो.. चाखियो सबै कुरा र चाखिँदैछ.. खै किन हो आजभोलि राम्रो निन्द्रा पो पर्दैन.. डेकेन्द्रको मुद्दा ब्युँतेपछी र कर्नेल लामालाइ बेलायतमा समातेपछी सारै डरमर्दो पो भो त.. त्यो समय नै त्यस्तो थियो त के गर्ने.. हजारौँ मरे नि.. अब युद्धको बेलाको एक एक कुरा केलाएर काँ साध्य हुन्छ त.. यि मिडीयाले कान फुकेर नि फसाउलान् जस्तो छ.. तर कमरेडहरुले गर्न चैँ गल्ती गरेकै हुन्.. डेकेन्द्र र ति अधिकारी मास्टरलाइ चैँ त्यसरी नमार्नुपर्ने.. तर के गर्नु सबै कुरा हाम्रो नियन्त्रणमा नि कहाँ थियो र.. अब पार्टी ठुलो बनाउने भनेर भकाभक सबैलाइ हुलियो.. अब सबै राम्रा कहाँ हुन्छन् र.. छिरे ...

गजल

सम्झनाको यो नाउलाइ पारी तार्न सकिएन । तिमीदेखी टाढा भएँ माया मार्न सकिएन । तिमी सम्झि ननिदाइ धेरै रात काटिसकेँ यो मनलाइ किनकिन आफ्नै पार्न सकिएन । विरह र वेदनाका लप्का छातिभित्र उठ्छ मनको राप शान्त पार्ने आँशु झार्न सकिएन ।

गजल

यसपाली नि कुलो सुख्खा सुख्खै रह्यो पाटो हजुर । गैरि खेतमै धाँजा फाट्यो जर्जर भयो माटो हजुर । नहरहरु प्वालै प्वाल छन्, चुहिन्छ त्यो कुलो पनि धान झुल्ने फाँटहरुमा कमिलाको बाटो हजुर ।। थुनिएर रस्यानहरु भरिएलाकी कुलो, फाँट भन्ने आशका घाउहरुमा आशकै लाग्यो खाटो हजुर ।।

सेतो रिबन-२

“….. सुकन्या‍‍‍‍‍‍‌‌‌ को नाम जस्तै उनको रुप पनि छ - सुन्दर र सुकुमार । गहुँगोरो बाटुलो अनुहार, ठुला ठुला गाजलु आँखा र कसिलो जिउडाल भएकी सुकन्या गाउँकी युवकहरुका तारा बनेकी छे । दुर्गम जिल्लामा भएपनि तुलनात्मक रुपमा सम्पन्न परिवारमा जन्मिएकीले लालनपालन पुगेर होला यहाँका अन्य युवतीहरुभन्दा खाइलाग्दी देखिन्छे । हरेक दिन कोरिबाटी गरिवरी आकाशे रंगको सर्ट र निलो फ्रक लाएर मेरै अफिसको बाटो हुदै उ बिद्यालय जान्छे । अक्सर चिसो नै हुने हिमाली जिल्लाको कार्यालयमा हामी बाहिरै घाम तापेर बसेका हुन्छौँ । उसँगै एक हुल केटीहरु बिद्यालय पोशाकमा कार्यालयकै अगाडीबाट हिँड्दा  सबै कर्मचारीहरुको ध्यान उ तिरै  नै तानिने गर्छ किनकी उसको मुस्कानले सबैलाइ आकर्षित गर्छ । तर त्यो सुमधुर मुस्कान भित्र गहिरो बेदना पनि लुकेको छ भनेर कोहि कोही लाइ मात्रै थाहा छ ।’’  एक हुल जँड्याहाहरु देउडा गाउँदै ओरालो लागेको सुनिन्छ । उ सिरकलाइ मुखसम्म तानेर सुत्छ । ‘’सुकन्याको जन्म कर्णालीको यस्तो दुर्गम गाउँमा भए पनी उसले सदरमुकाम बसेर पढ्न पाइ । शिक्षण पेशा गर्ने उसको बुवाले जागीर गरेर कमाएको सम्पतिले सदरमुकाममा य...

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।

सेतो रिबन

बाहिर  चिसो हिमालि हावा चलिरहेको ऊ भित्रै बसेर अनुभव गरिरहेको छ । हावाले हल्लाएका प्लास्टिकका छानाहरु र पल्लो भोटेको घरको झन्डा हल्लिएको आवाज ऊ भित्रै बसेर सुनिरहेको छ । उसलाई त्यो चिसो हावा कती चिसो छ भन्ने राम्ररी थाहा छ र त ऊ आफ्नो कोठाको झ्याल ढोका डम्म बन्द गरेर बसेको छ सिरकभित्र गुटुमुटु परेर । अली माथिको बाटोमा एक हुल जँड्याहा हरु हल्ला गर्दै हिडेको र गोठमा बाँधिएका खच्चरका घाँटिमा बाधिएका घन्ट दाना चपाउदै गर्दा बजेको पनि कोठा भित्रै सम्म सुनिएको छ । ति जँड्याहाहरु उसको कोठाको छेउको बाटो हुँदै पल्लो गाउँतिर लागेको पनि ऊ चुपचाप सुनिरहन्छ र तिनिहरुको हल्लामा मिसिएका शब्दहरु सुनेर नकारात्मक भावले मुस्काउँछ । आज सोलारले काम गरेको छैन उसको चिम अघिनै निभिसकेको छ तर ऊ हार मान्ने वाला छैन । टर्च लाइट लाई सिलिङ मा झुन्ड्याएर ऊसले आफ्नो टेबल ल्याम्प तयार पार्छ र आफ्ना पुस्तकहरुमा नजर लगाउन सुरु गर्छ । पल्लो कोठामा मोबाईल मा बोलेको प्रस्ट सुनिएको छ तर उसले त्यसमा कुनै मतलब गरेको छैन । हावाको झोँकाले एकपटक फेरी उसको ढोका मा आफ्नो शक्ती देखाउँछ । छेस्किनी नलगाएको ढोका ह्वाङग उघ्रिन्छ ।...

तिम्रो आँशु

झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै न हुरी न बतास त्यसै आँफै ओइलिएर फूल झरिरह्यो तिमी रोइरह्यौ कि कतै रुझेका ति केशहरु फुकाउँदै सल्लाघारी आवाज गरिरह्यो तिमी रोइरह्यौ कि कतै किनारालाइ छिया पार्दै खोला उर्ली उर्ली सिमा तरिरह्यो तिमी रोइरह्यौ कि कतै चिहाउदै जुन कैले कैले लुक्दै बादलुमा शित छरिरह्यो तिमी रोइरह्यौ कि कतै कोल्टे फेर्दै अशुभ-अशुभ सपनाहरुसँगै रात टरिरह्यो तिमी रोइरह्यौ कि कतै ।।। झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै ...