Skip to main content

Posts

Showing posts from December, 2009

मुगु अनुभव- प्रवेश

बिमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमालि बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरिहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका बिभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ । रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला

नौलो संसार- ३

('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो अंकमा उनको गोठालो जाँदाको बयान .....) ....एक दिन गाउँदेखी सबैभन्दा टाढा बाह्रपोखरी लेकमा पर्ने आफ्नो घरको भेडिगोठसम्मा जान ठुलाले आँट गर्‍यो । त्यहाँ पुग्न एक दिन लाग्दथ्यो र आवश्यक सरसामान लिन आएको घरकै गोठालाको साथ लागि ऊ त्यसतर्फ हिँड्यो । गुराँस र खस्रुको जङ्गल पार गर्दै जान पर्ने बाटो एकनासे उकालो थियो । उपत्यकामा रहेको बादल माथिमाथि हिँड्दा ठुला अती प्रफुल्लित भयो । रिमरिम साँझ पर्दा उनिहरु गोठमा पुगे जहाँ ठुलाले गन्नै नसक्ने सङ्ख्यामा भेडाबाख्राहरु खर्किएका थिए । तिनओटा डरलाग्दा भोटे कुकुराहरुले गोठमा पहरा दिन्थे र तिनिहरु भुक्दा तिनको आवाज पहाडहरुबाट प्रतिध्वनित हुन्थ्यो । गोठमा ठुलाले मनग्गे ताजा दुध, तर र कुराउनी खायो र आफुलाई न्यानो राख्न भेडाका पाठाहरुसँगै सुत्यो । बिहान चहकिलो घाम लाग्यो । हिमालचुलिको हिउँ सफा र ताजा देखियो । बिहानको खाना खाएपछी लगत्तै गोठालाहरुले भेडाबाख्राहरु चराउन लगे र ग

मुगु अनुभव- यात्रा

....सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा र

नौलो संसार- २

(यो पालोमा पनि हर्क गुरुङको पुस्तक 'मैले देखेको नेपाल' बाट उनको बाल्यकालको गोठालो र सिकार को सँस्मरण । यो एउटा ब्यक्तिको सँस्मरण मात्रै नभएर त्यो समयको समाजको सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको प्रतिबिम्ब पनि हो ।) ......सबभन्दा राम्रो समय शरद ऋतु हुन्थ्यो, जुन बेला गाई, भैंसी, भेडाबाख्रा र घोडाहरु लेकतिरका खर्कहरुबाट झर्थे र गाउँका खेतबारी हुँदो चर्दथे । गाउँ नजिकै गोठहरुमा दुध र नौनी घिउको छेलोखेलो हुन्थ्यो र केटाहरु दौडिरहेका घोडाहरु खेद्ने, पक्रने र चढ्ने गर्दथे । त्यस समयमा सयपत्री फूलहरु फुलेर गाउँ नै ढकमक्क हुन्थ्यो र यसै बेला दशैँ र तिहारभरी परिवारका सदस्यहरुको पुनर्मिलन हुन्थ्यो । शरद्कालमा मिर्ग, भालु र बनेलका सिकार गर्ने जेठापाकाहरुको चलन नै थियो । ठुलाका घरका सिकार खेलेर मारिएका बिभिन्न जन्तुका सिङहरु थुप्रै जम्मा भएका थिए । केटाहरुले ठुलाबडाले सिकार खेलेको सिको गर्न मन पराउँथे र त्यस्तै सिकारबाजी खेल खेल्दथे । केटाहरुमध्ये एक जना मिर्गको सिङ टाउकामा बाँधेर भाग्दथ्यो र अन्य केटाहरुचाहीँ सिकारी र कुकुरहरु भएर त्यसलाई खेत, बार तथा जङगलैजङगल लखेट्ने गर्दथे । ठुला जहि