बिमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमालि बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरिहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका बिभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ । रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला ...