('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो अंकमा उनको गोठालो जाँदाको बयान .....)
....एक दिन गाउँदेखी सबैभन्दा टाढा बाह्रपोखरी लेकमा पर्ने आफ्नो घरको भेडिगोठसम्मा जान ठुलाले आँट गर्यो । त्यहाँ पुग्न एक दिन लाग्दथ्यो र आवश्यक सरसामान लिन आएको घरकै गोठालाको साथ लागि ऊ त्यसतर्फ हिँड्यो । गुराँस र खस्रुको जङ्गल पार गर्दै जान पर्ने बाटो एकनासे उकालो थियो । उपत्यकामा रहेको बादल माथिमाथि हिँड्दा ठुला अती प्रफुल्लित भयो । रिमरिम साँझ पर्दा उनिहरु गोठमा पुगे जहाँ ठुलाले गन्नै नसक्ने सङ्ख्यामा भेडाबाख्राहरु खर्किएका थिए । तिनओटा डरलाग्दा भोटे कुकुराहरुले गोठमा पहरा दिन्थे र तिनिहरु भुक्दा तिनको आवाज पहाडहरुबाट प्रतिध्वनित हुन्थ्यो । गोठमा ठुलाले मनग्गे ताजा दुध, तर र कुराउनी खायो र आफुलाई न्यानो राख्न भेडाका पाठाहरुसँगै सुत्यो ।
बिहान चहकिलो घाम लाग्यो । हिमालचुलिको हिउँ सफा र ताजा देखियो । बिहानको खाना खाएपछी लगत्तै गोठालाहरुले भेडाबाख्राहरु चराउन लगे र गोठमा ठुलालाई भेडाका पाठाहरु र एउटा कुकुरसँग छाडिराखे । लेकमा यसरी उसले एक्लै बस्नुपरेको यो पहिलोपटक थियो । गोठबाहिर घुमी हिँड्न उसलाई आँट आएन र गोठभित्र नै पाठाहरुसँग खेलिरह्यो । उसलाई भालु र चितुवाहरुसँग डर लागेको थिएन । उसलाई ठुलो कुकुरले उसको सुरक्षा गर्छ भन्ने लागेको थियो । बरु, उसलाई त बनझाँक्रिको डर थियो । किनकी बनझाँक्रिले केटाकेटिहरु अपहरण गरेर लाने गर्दछ भन्ने कुरो उसले सुनेको थियो ।
मध्याह्नतिर उपत्यकामाथि बादल उठ्दै आयो र पहाडका टाकुराहरुलाई ढाक्दै लग्यो । झन मध्याह्नपछी त सम्पूर्ण पहाडको भागलाई नै हुस्सुले छोपिदियो । ठुलाले जङ्गली जन्तु र बनझाँक्रीलाई तर्साएर भगाउन गोठभित्र आगो बालेर प्रशस्त धुँवा निकाल्यो । तैपनी साँझतिर सुसेली बजेको सुन्दा ऊ साँच्चिकै डराउन लाग्यो । कारण बनझाँक्रिले प्राय: सुसेली बजाउने गर्छ भन्ने कुरा उसलाई बताइएको थियो । ऊ अगेनाको छेवैमा टुक्रुक्क बस्यो र आफ्नो सुरक्षाका लागि बलिरहेको एउटा अगुल्ठो हातमा समातिराख्यो । उसलाई अत्याउने गरी त्यो सुसेलिको आवाज झन छिट्छिटो नजिक हुँदै आयो ।
त्यसपछी कसैले उसको नाम बोलाएको उसले स्पष्टसँग सुन्यो र अन्तमा बस्तुहरुलाई एकत्रित पार्दै ल्याउन गोठालाले त्यो सुसेली बजाएको थाहा पाएर मात्रै ऊ ढुक्क भयो । ऊ गोठालाहरु भएतिर दगुर्दै गयो र उसँगसँगै पाठाहरु पनि उनिहरुका माउहरु भएतिर दुध खान दगुरे । गोठालाले ठुलालाई बनझाँक्रिसँग डर मान्नु नपर्ने विश्वास दिलाउँदै के भन्यो भने ऊ जस्तो छिटो कुद्न सक्ने केटोलाई बनझाँक्रिले पक्रनै सक्तैन । उसलाई के पनि भनियो भने बनझाँक्रिले लखेट्दा उबाट जोगिन ओरालै ओरालो भाग्न पर्छ । किनभने लोग्ने बनझाँक्री पर्यो भने लामो कपालले उसका आँखालाई ओरालामा छोप्दछ र स्वास्निचाहिँ हो भने उसका झुन्डिएका लामालामा स्तनले गर्दा ओरालोमा दौडन उसलाई गाह्रो पर्छ ।
त्यस लेकमा ठुलाले अती रमाइलो समय बिताउन पाए पनि ऊ त्यहाँ धेरै दिन बस्न सकेन । साथीहरुसँग हिँडडुल गर्ने बानी परेको ठुलालाई लेकको एकान्त जीवन मन परेन । पन्ध्र दिनपछी गाउँमा फर्किँदा उसलाई आनन्द लाग्यो । गोठमा बसेकाले उसका लुगाफाटा धुँवाले पहेँला भएका थिए र उसको शरीर पनि भेडा, धुँवा र नौनी घिउ जस्तै गह्नाउँथ्यो । ऊ आफ्ना साथीहरुसँग पुन: मिसियो र पहिले खेल्ने खेलहरु खेल्न थाल्यो ।
यसरी मस्तसँग बिताएका दिनहरुबाहेक गाउँको जीवन सुखसुविधाको थिएन । तराँचे गाउँ दुईवटा खतराको बिचमा रहेको थियो । एउटा माथिबाट पहिरो झर्ने खतरा र अर्को धेरै बर्षात भएको बेला मर्स्याङ्दिको बाढिले किनारका खेतहरुलाई बगाएर लाने खतरा । यसबाहेक सुक्खा बर्षहरुमा अनिकाल पनि लाग्ने गर्थ्यो । कोइ बेला गाउँमा जग्गा, गाइबस्तु र मजदुरिबारेमा झगडा पर्ने गर्थ्यो अनी मुद्दामामिला गर्नुपर्ने स्थिती उत्पन्न हुन्थ्यो । ठुलाका बाबु गाउँका पाका अगुवा मानिन्थे र गाउँका झैझगडालाई अदालतमा पुग्न नपर्ने गरी गाउँमै मिलाइदिने प्रयास गर्दथे । एकपल्ट दुई गाउँहरुबिच चरन सम्बन्धमा उठेको पुरानो झगडालाई लगातार पाँच दिनसम्म कुराकानी गराइ दुबै समुहलाई मिलाएबापत ठुलाका बाबुको नाम यस क्षेत्रमा निकै चलेको थियो । त्यस प्रकारको कार्यनिती अँगाल्दा राम्रै पनि भयो । अन्तिम निर्णय भएपछी दुवै समुहले पाँचओटा भेडा काटी भोज खाई खुशीयाली मनाए । गाउँघरमा झगडा गर्नेहरु ठुलाका बाबुकोमा आइ एकाअर्कालाई दोषारोपण गर्ने गर्थे । बुढाले सबभन्दा पहिले दुवैथरिलाइ हप्काएर चुप बनाउँथे र पालैपालोसँग उनिहरुका कुरा सुन्ने गर्थे । त्यसपछी उनले आफ्नो निर्णय दिन्थे, त्यही निर्णय अन्तिम हुन्थ्यो । यस्तो झगडा मिलाउँदा ठुला गम्भिर भै आफ्ना बाबुको छेउमा चुपचाप बस्ने गर्दथ्यो र आफ्ना बाबुको प्रभावशालिताको प्रशंसा गर्दथ्यो ।
हिउँदमा तराँचे गाउँको बाटो भएर धेरै परदेशीहरु आवतजावत गर्दथे । बाहिरबाट आउने त्यस्ता मानिसहरुका लागि ठुलाका बाबुले आफ्नोबाहेक अरु तिनओटा हुक्काहरु राखेका थिए । जुना हुक्काहरु क्रमश: बाहुन, छेत्री, गुरुङका लागि हुन्थे । ति मानिसहरु टाढाका गाउँहरुबाट अन्न किन्न आएका किसानहरु, तिब्बती लामाहरु र मगन्तेहरु, हिन्दू साधु र तिर्थयात्रीहरु हुन्थे । तिनिहरु ठुलाका पितासँग टाढाटाढाका कुराहरु गर्थे र ठुलाचाहीँ एउटा उत्सुक श्रोताका रुपमा बसिरहन्थ्यो । ठुलाका पिताका छिरिङ लामा नाम गरेका एक जना तिब्बती मीत थिए जो प्रत्येक हिउँदमा उनिहरुको घरमा आउने गर्थे । ठुलाले छिरिङ लामालाई खुब मन पराउँथ्यो । किनभने एकपल्ट निकै साह्रो बिरामी पर्दा उसकी आमालाई तिनले जाती परेका थिए र ठुलालाई तिनले तिब्बती अक्षरहरु तथा तिब्बती पात्रोका चित्रहरु लेख्न सिकाएका थिए । कहिलेकाहीँ परदेशी बाहुनहरुले उसलाई नेपाली बर्णमालाका केही अक्षरहरु सिकाउँदथे । उसले निगालाको कलम र लाँकुरिका पातहरुबाट मसी बनाउन पनि सिकेको थियो ।

Comments
Post a Comment