Skip to main content

बन डढेलो र अमेजन

वन र डढेलो
हालैका दशकमा वन डढेलोको बारेमा निकै नै चर्चा हुने गरेको छ । अमेरिका, क्यानडा, युरोप र अष्ट्रेलियामा सुक्खा मौसममा लाग्ने वन डढेलोको खबर विश्वभरिकै सञ्चारमाध्यमहरुमा प्रकाशित हुने गरेको छ । केही समयदेखी अमेजनको जंगलमा निरन्तर लागिरहेको वन डढेलोको अन्तराष्ट्रिय चर्चा चुलिएपछी फेरी वन डढेलोको वातावरणीय असरहरु सम्बन्धी छलफल बाक्लिएको छ । सामाजिक सञ्जालमा त अमेजनको लागी प्रार्थना गरौँ भन्ने जस्ता ह्यासट्यागहरुले राम्रै स्थान पाइरहेका छन् ।
तत्कालीक रुपमा वातावरण र पारिस्थिकिय प्रणालीमा नकारात्मक असर गर्ने भएता पनि वनबिज्ञहरुले वन डढेलोलाइ वनको पारिस्थितिकिय प्रणालीकै एक अवस्थाको रुपमा व्याख्या गर्ने गरेका छन् । वन तथा पारिस्थितिकिय प्रणालीहरुको व्यवस्थापनको विभिन्न चरणहरुमा नियन्त्रित डढेलोलाइ नै यौटा ‌औजारको रुपमा नै विश्वभरि प्रयोग गर्ने प्रचलन रहेको हुँदा वन बिज्ञानमा यसलाइ असल नोकर र खराब मालिक (Fire is a good servant but a bad master) भनेर पनि व्याख्या गर्ने गरिएको छ । कतिपय पारिस्थितिकिय प्रणालीको स्वस्थ विकासको लागी निश्चित समयमा वन डढेलो लाग्नु वा लगाउनु फाइदाजनक हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । नेपालमा पनि हिउँदको समयमा नयाँ घाँस उमार्नको लागी तथा संरक्षित क्षेत्रका घाँसे मैदानहरुलाइ व्यवस्थापन गर्न वन तथा चरन क्षेत्रहरूमा आगो लगाउने गरिएको छ र यसका साँच्चैका फाइदाहरु पनि छन् । 
तर जलवायु परिवर्तनको प्रभावले देखिएको लामो अवधीको सुक्खा मौसम, पृथ्वीको तापक्रमको बृद्दी साथसाथै अन्य मानव सिर्जित कारणहरुले विश्वमा वन डढेलोको संख्या, प्रकृति र क्षेत्रमा बृद्दी हुँदै गैरहेको छ र त्यसले पार्ने नकारात्मक प्रभावहरु सोही अनुपातमा बढेको छ ।
संसारकै जैविक विविधताको खानी मानिने दक्षिण अमेरिकाको अमेजन वर्षा वन सदाबहार चौडापाते उष्ण प्रदेशिय वर्षा वन (Tropical Rainforest) हो जसले अमेजन नदि जलाधार क्षेत्रको अधिकांश भूभाग ओगटेको छ । अमेजन जलाधारको झण्डै ६० लाख वर्गकिलोमिटर क्षेत्रफल ओगटेको अमेजनको जंगल दक्षिण अमेरिकाका ९ वटा देशहरुमा फैलिएको छ । अमेजन जंगलको झण्डै ६० प्रतिशत भूभाग ब्राजिलमा रहेपनि पेरु र कोलम्बियामा पनि यसको उल्लेखनिय फैलावट रहेको छ । ति लगायत भेनेजुयला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम र फ्रेन्च गुयाना लगायतका देशहरुमा समेत अमेजन जंगलको केही भाग फैलिएको छ । संसारको सबैभन्दा उत्पादक वन क्षेत्रमध्येको अमेजन वन जैविक विविधताले पनि निकै धनि छ । अमेजनको जंगलमा ४० हजार भन्दा धेरै प्रजातिका उष्ण प्रदेशिय वनस्पतिका साथै दशौँ लाख प्रजातीका वन्यजन्तु र किराफट्याङ्ग्राहरु पाइन्छन् । बिरुवा र जीवजन्तुमात्रै नभइ उक्त जंगल क्षेत्रभित्र दक्षिण अमेरिकाका ४०० भन्दा धेरै ट्राइबका १० लाख भन्दा बढी आदिवासीहरूले पनि आश्रय लिइरहेका छन् ।

दक्षिण अमेरिकी देशहरुमा अगस्ट १५ देखी २२ सम्म अमेरीकी अन्तरिक्ष संस्था नासाको MODIS भुउपग्रहबाट देखिएको वन डढेलो । स्रोतः https://earthobservatory.nasa.gov 

के अमेजन पृथ्वीको फोक्सो नै हो ?
दक्षिण अमेरिकाको बिस्तृत भुभागमा फैलिएको र संसारकै सबैभन्दा ठुलो अविछिन्न उष्ण प्रदेशिय बर्षा वन क्षेत्र रहेकोले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा अमेजनलाइ पृथ्वीकै फोक्सो भनेर चित्रित गरेको पाइन्छ । अमेजनका जंगलमा रहेका बोटबिरुवाहरुले प्रकाश संश्लेषण प्रकृयामा वायुमण्डलमा उत्सर्जित कार्बन डाइअक्साइड सोसेर अक्सिजन उत्पादन गर्ने कार्य गर्ने भएकाले त्यसो भनिएको पनि हुनसक्छ । अझ कतिपय सञ्चार माध्यम, सामाजिक सञ्जाल र बिश्वका प्रतिष्ठित व्यक्तित्वहरुले समेत अमेजनको जंगलबाटमात्रै विश्वको कुल अक्सिजन उत्पादनको २० प्रतिशत उत्पादन हुन्छ भन्ने कुराले पनि अमेजनलाइ पृथ्वीकै फोक्सो भन्ने कुरालाइ बल पुर्याइरहेको छ । तर वास्तविकता भने अलि फरक छ । बैज्ञानिक तथ्य अनुसार वायुमण्डलमा भएको अक्सिजन मध्ये अधिकांश अक्सिजन समुन्द्रमा पाइने प्लाङ्टन भनिने सूक्ष्म वनस्पतिहरूले प्रकाश संश्लेषण गर्दा उत्पादन हुन्छ । वैज्ञानिकहरूका अनुसार अमेजनको जंगलले जमिनमा रहेका बोट बिरुवाले उत्पादन गर्नेमात्रैको मध्ये चाहिँ पुग नपुग २० प्रतिशत अक्सिजन उत्पादन गर्ने हुनसक्छ । अझै जमिनमा रहेका बोट बिरुवाले दिउँसो मात्रै अक्सिजन उत्पादन गर्ने र श्वासप्रश्वासको लागी अक्सिजन नै सोस्ने भएको हुँदा दीर्घकालमा अमेजनको जंगलबाट उत्पादन हुने खुद अक्सिजनको परिमाण नगण्य हुने समेत वैज्ञानिकहरूको धारणा छ ।
वायुमण्डलबाट अधिक मात्रामा कार्बनडाइअक्साइड सोसेर सञ्चित गरि कार्बन चक्र र जलवायु परिवर्तन न्युनिकरणमा सकारात्मक प्रभाव पार्ने कारणले यसलाई पृथ्वीको फोक्सो भन्नु उपयुक्त देखिएता पनि अक्सिजनको उत्पादनको हिसाबले अमेजनको बढाइचढाइ गर्नु भने वैज्ञानिक तथ्य भन्दा भावनामा आधारित कुरा हुन आउँछ ।

अमेजनको यसपालिको डढेलो साह्रै विनाशकारी हो त ?
दक्षिण अमेरिकाको विस्तृत क्षेत्रमा फैलिएको अमेजनको जंगलको डढेलोसँग निकै पुरानो सम्बन्ध छ । आदिवासीहरूको वासस्थान र जनसंख्या वृद्धिसँगै कृषि, उद्योग र पशुपालनको चरनक्षेत्रको बिस्तारको लागि अमेजनको जंगलको विनाश र खोरिया फँडानी गरी खेती गर्ने परम्पराले गर्दा बस्ती नजिकका क्षेत्रहरूमा डढेलोको घटना प्रत्येक वर्ष दोहोरिइ रहने प्रक्रिया हो । विगत एक दशकको अवधिमा पनि ब्राजिलको अमेजन क्षेत्रमा बर्षको पहिलो ८ महिनामा औसतमा ४० हजारभन्दा धेरै स्थानहरुमा डढेलो लागेको ब्राजिलको अन्तरिक्ष अनुसन्धान संस्थाको तथ्यांकले देखाउँछ । डढेलोको संख्याको हिसावले भने यसबर्षको पहिलो आठ महिनामा ब्राजिलमा मात्रै पोहोर सोही समयको तुलनामा ८५ प्रतिशत भन्दा बढी संख्यामा डढेलो लागेको छ । यस बर्षको ८ महिनामा ब्राजिलमा मात्रै ७५ हजारभन्दा धैरै स्थानमा वन डढेलो लागेको छ भने पुरै अमेजन क्षेत्रमा १ लाख भन्दा बढी स्थानहरुमा डढेलो लागेको छ (हेर्नुहोस् ग्राफ) । संख्यात्मक रुपमा ब्राजिल लगायतका अमेजन जंगल क्षेत्रमा लागेको डढेलो अधिक देखिएपनि सो क्षेत्रले यो भन्दा पनि गम्भिर किसिमका वन डढेलोको सामना गरिसकेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले गरेको भर्खरै मात्रै गरेको बिगत डेढ दशकको भुउपग्रहीय तथ्यांकहरुको बिश्लेषण अनुसार ब्राजिलमात्रै नभइ समग्र अमेजन क्षेत्रको वन डढेलो ‌औसत डढेलो भन्दा खासै विनाशकारी नरहेको जनाएको छ ।


अमेरिकी अन्तरिक्ष संस्था नासाको MODIS भुउपग्रबाट अमेजन क्षेत्रमा देखिएको वन डढेलोको संख्याको दैनिक ग्राफ । स्रोतः https://earthobservatory.nasa.gov 

त्यस्तै युरोपियन युनियनको कोपर्निकस एट्मोस्फेरिक मोनिटरिङ सर्भिसेजको तथ्यांक अनुसार ब्राजिलको कार्वन डाइअक्साइड ग्याँसको उत्सर्जन अहिलेका बर्षहरुमा भन्दा सन् २००० को दशकमा अत्याधिक रहेको थियो । ति तथ्यांकहरुले पनि ब्राजिल र समग्र अमेजन क्षेत्रमा अहिले भन्दा अघिका बर्षहरुमा पनि वन डढेलो धेरै संख्यामा र तीब्र रहेको थियो भन्न सकिन्छ । तसर्थ अमेजनको वन डढेलोको अवस्था साँच्चै नै प्रार्थना नै गर्नुपर्ने भने भएको छैन । साथै अमेजन क्षेत्रका ब्राजिल, बोलिभिया, पेरु जस्ता देशहरुमा वन डढेलोका घटना उल्लेखनिय रुपमा बढेता पनि कोलम्बिया र इक्वेडरको अमेजन क्षेत्रमा वन डढेलोको घटना पछिल्लो बर्षको यहि समयको तुलनामा घटेको पनि छ ।

कसरी शुरु हुन्छ वन डढेलो ?
वन डढेलो प्राकृतिक र मानव सिर्जित दुबै कारणले शुरु हुन सक्छ । सुख्खा तथा गर्मी महिनामा वन क्षेत्रमा पर्ने चट्याङका कारण अक्सर प्राकृतिक डढेलो शुरु हुन्छ । त्यस्तै वन क्षेत्रमा ज्वालामुखी विस्फोटका घटनाहरुबाट पनि प्राकृतिक रुपमा डढेलो शुरु हुन सक्छ । तर अधिकांश वन डढेलो मानवीय कारणले शुरु हुन्छन् । खोरिया फँडानी (Slash and Burn) गर्ने क्रममा लगाइएको आगो, वन व्यवस्थापनको लागी लगाइएको आगो अनियन्त्रित भएर, वन फँडानी गरेर कृषियोग्य भुमी बनाउने क्रममा लगाएको आगो वन क्षेत्रमा पुगेर लगायतका अनगिन्ती कारणहरूले वन क्षेत्रमा डढेलो फैलन सक्छ ।
सुक्खा प्रकारका वन क्षेत्रहरूमा प्राकृतिक कारणले पनि वन डढेलो लाग्न सक्ने भएपनि अमेजन जस्ता ओसिला बर्षा वनहरुमा प्राकृतिक भन्दा पनि मानव सिर्जित कारणहरुले धेरै डढेलो शूरू हुन्छ ।

अमेजनमा वन विनाश र वन डढेलो ।
अमेजन क्षेत्रको कुल वनक्षेत्र मध्य १९७५ देखी २०१० को बिचमा करिब १५ प्रतिशत वन विनाश भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । १९९० को दशकमा वन विनाश को गति अति तिब्र भएको भएपनि २००५ पछि विभिन्न संरक्षण निति, अमेजन संरक्षित क्षेत्रको विस्तार र कडा कानुनी व्यवस्था पछि ब्राजिलियन अमेजन क्षेत्रमा वन विनाशको दर उल्लेखनिय रुपमा घटेको छ । वन विनाशको दर र वन डढेलोको सोझो सम्बन्ध रहेको अध्ययनहरुले देखाएका छन्  । वन विनाशको दर बढेको बर्षहरुमा वन डढेलोको मात्रा पनि बढेको पाइएकोले प्राकृतिका कारणहरुबाट डढेलो लाग्न सक्ने भएता पनि अमेजन क्षेत्रमा मानव सिर्जित कारणहरुबाट अधिकांश वन डढेलो हुने गरेको अवस्था रहेको भन्न सकिन्छ ।


अमेजन जंगलको वन विनाश भएको क्षेत्रमा देखिएका अनेकन वन डढेलोको स्याटेलाइट तस्वीर । स्रोतः https://earthobservatory.nasa.gov 


हालैको समयमा ब्राजिलमा भएको राजनैतिक परिवर्तनको कारण पनि अमेजन क्षेत्रमा वन विनाश र वन डढेलोको मात्रामा बढोत्तरी भएको बैज्ञानिक तथा वातावरणविद्हरुको आरोप छ । ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएपछि जायर बोल्सेनारोले अमेजन क्षेत्रको जंगललाइ कृषि, खानी तथा अन्य औद्योगिक प्रयोजनमा लगाउने र वन विनाशप्रति उदार निति लिएपछी अमेजन क्षेत्रको वन विनाशको दर पछिल्ला बर्षहरुमा भन्दा उल्लेखनिय रुपले बढेको विभिन्न अध्ययन तथा भुउपग्रहीय तस्वीरहरुले देखाएका छन् । धेरैले राष्ट्रपति बोल्सेनारोको यो निति नै ब्राजिलियन अमेजन क्षेत्रको वन डढेलो बढ्नुको कारण रहेको भन्दै आएका छन् । द अमेजन वातावरणीय अनुसन्धान संस्था (IPAM) का अनुसार जानाजान गरिएको वन विनाशका कारणले ब्राजिलयन अमेजन क्षेत्रमा वन डढेलो बढेको छ । उक्त संस्थाका अनुसार पछिल्लो बर्षको जुलाइ महिनाको तुलनामा यस बर्षको जुलाइमा ब्राजिलियन अमेजनमा वन विनाश २५० प्रतिशत भन्दा धेरैले बढेको छ ।

अमेजन डढेलोको असर ।
अमेजन डढेलोको तत्कालिक असरको रुपमा डढेलोबाट फैलिएको धुँवा र यो सँग मिसिएका हानिकारक ग्याँसहरुको उत्सर्जन रहेको छ जुन अमेजन क्षेत्रको हजारौँ किलोमिटर वरपर सम्म फैलिएको छ । त्यसैगरी अमेजन क्षेत्रको जैविक विविधता नोक्सानीमा पनि वन डढेलोले नकारात्मक प्रभाव पार्ने नै छ । जैविक विविधताको पुनरुत्पादन हुन नपाउँदै पटक पटक वन डढेलो लागिरह्यो भने निश्चित भूगोलमा सिमित भएको निश्चित प्रजातीका वनस्पति वा जिवजन्तु लोप नै भएर जाने सम्मको सम्भावना रहन्छ । सुक्खा क्षेत्रमा पाइने वनका प्रजातीहरु डढेलो सहन गर्न सक्ने क्षमताको हुने भएतापनि अमेजन जस्ता ओसिला वनहरुमा पाइने बोट बिरुवाका प्रजातीहरु डढेलो सहन नसक्ने हुनाले त्यस्ता प्रजातिहरूको विनास हुने सम्भावना अधिक हुन्छ ।
यो सँगै बोटबिरुवामा लामो समयदेखी सञ्चय भएर बसेको कार्बन जल्दा सयौँ मेगाटन कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र अन्य हरितगृह ग्याँसहरु वायुमण्डलमा उत्सर्जित भएका छन् जसले वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा बढाइ पृथ्वीको तापमान बढाउन र जलवायु परिवर्तको कारक बन्नमा योगदान गर्नेछन् । त्यस्तै, दिर्घकालमा यदि वन डढेलोले नोक्सान गरेको क्षेत्रमा वनको पुनरुत्पादन हुन नसकी कृषि, खानी जस्ता अरुनै भूउपयोगमा परिणत भएमा त्यसको झन् बहुआयामिक नकारात्मक असर हुनेछ । डढेलोले नोक्सान गरेको क्षेत्रमा पुनः वनको पुनरुत्पादन भएमा भने दिर्घकालमा डढेलोको असरलाइ सोही पुनरुत्पादित वनले न्युनिकरण गर्दै जानेछ । तत्कालिन रुपमा अमेजन क्षेत्रमा लागेको डढेलो विश्व समुदायको लागि चिन्ताको बिषय भएपनि मूल चिन्ताको बिषय भनेको सो क्षेत्रमा डढेलो वा अन्य मानवीय कारणहरुले अमेजनको वन क्षेत्रको विनाश भएर  अन्य कुनै गैरवन भूउपयोगमा परिवर्तन हुने क्रम कसरी रोक्ने भन्नेतर्फ हुनुपर्दछ ।

Comments

Popular posts from this blog

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल...

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

Mystery of Playing Cards

(The Season of Festivals arrived in Nepal and I think Those festivals will be incomplete without the Playing Cards (Poker Cards). Every people know the Playing Cards very well but there are some more interesting facts behind those cards. Let’s find out some of the artistic explanations about the Playing Cards.) The mystery of playing cards is that we don't know exactly who invented them. Playing cards date back to somewhere between A.D. 800 and A.D. 1100. There is reference to them in an ancient Chinese dictionary that said they were originated during the time of Seun-Ho around 1120. Supposedly, he used them to amuse and entertain himself and the people he lived with. In Egypt and India they were used for religious purposes. At first, cards were round in shape. If you've ever dropped a deck of cards, you can appreciate how much easier it would be to pick them all up and get them aligned with circular cards! In about 1500, the cards changed and started depicting the kings and...