Skip to main content

नौलो संसार- १

(हर्क गुरुङ प्रत्येक बिकासप्रेमी नेपालीहरुको मनको अबिस्मरणिय नाम हो । हर्क गुरुङ लाई जसरी चिन्दा पनि हुन्छ भुगोलबिद, योजनाबिद, कार्टोग्राफर, पदयात्री वा संरक्षणकर्मी । लमजुङको तराँचेमा एउटा लाहुरे परिवारमा जन्मेका गुरुङ नेपाल को भुगोललाई सबैभन्दा नजिकबाट चिन्ने नेपाली हुन । पोखरा को भौगोलिक सर्बेक्षण बिषयमा विध्यावारीधी गरेका गुरुङ को यात्रा ब्रितान्त "The Vignette of Nepal" को नेपाली रुपान्तर "मैले देखेको नेपाल" म अहिले दोश्रो पटक पढिरहेको छु । यही पुस्तकका एकदमै मन छुने केही अंशहरु "Milan's Blog" का अबका केही पोस्टहरुमा । हुनत प्रतिलिपी अधिकारका अनेकन धाराहरुले यसलाई गैरकानुनी भन्न सक्छन तर म जस्ता आफ्नो देशको बारेमा बढी भन्दा बढी जानकारी राख्न चाहनेहरुका लागि यो प्रेरणादायक हुनेछ र हर्क गुरुङ प्रतिको साँचो श्रद्धान्जली पनि ।।।।।। यो पालोमा थाहा पाऔँ लम्जुङको सुदुर गाउँको "ठुला " ले देखेको नौलो संसारको कथा ।।।।। )

.....तराँचे मध्य नेपालको लमजुङ जिल्ला मा पर्ने एउटा सानो गाउँ हो, जुन गाउँ मर्स्याङ्दी नदिको देब्रे किनारमा अवस्थित छ। यस गाउँबाट केवल १४ किलोमिटर उत्तरमा मनासलु र हिमालचुलिका डरलाग्दा हिउँ चुचुराहरु देखिन्छन । हो, यही तराँचेमा ठुलाको जन्म भएको थियो । जहाँ उसका पिताले लाहुरे भएर कमाएको पैसाले राम्रो बन्दोबस्त गरेका थिए । पहिलो विश्वयुद्ध मा बुढा फ्रान्स र प्यालेस्टाइन पुगेका थिए र सन् १९१९ को बजिरिस्तानको लडाईंमा बहादुरी देखाएबापत उनको नाम सरकारी पत्रमा समेत उल्लेख गरिएको थियो । ठुलाका दुइजना दाजुहरुले पनि दोस्रो विश्वयुद्ध मा बर्मा र बोर्निओका जङगलहरुमा लडाईं गरिसकेका थिए । यसरी परिवारका दुबै पुस्ता लाहुरे भएकाले घरमा युद्धका थुप्रै तक्माहरु जम्मा भएका थिए र ठुला उनिहरुले युद्धमा गरेका बहादुरिका बखान सुन्ने गर्थ्यो । उनिहरुले बयान गरेका टाढा टाढाका अचम्म का ठाउँ र मानिसहरूका कुरा सुनेर ऊ मख्ख पर्थ्यो ।

मर्स्याङ्दीको गर्जना, गह्रै गह्रा परेका खेतबारिहरु र हिमरेखासम्म पुगेका बनले ढाकिएका पहाडहरुबिचको बातावरण मा त्यसबेला ठुला रहन्थ्यो । हिमालचुलिको सेतो टाकुरापछाडि के छ र मर्स्याङ्दीको डरलाग्दो भेल कहिले आउँछ भन्ने कुराको ज्ञान उसलाई धेरै कम थियो । साथीहरुसँग खेलिरहनु र गाउँ वरिपरि गाइबस्तुहरु चराइरहनुमा नै ऊ सन्तुस्ट देखिन्थ्यो । गाउँका केटाहरुमध्ये मानिएको अगुवा थियो ठुला । किनभने ऊ सबैभन्दा टाढा ढुङ्गा हान्न सक्दथ्यो । त्यस हुलमा आफ्नो उच्चता कायम राख्न ठुला सबभन्दा अग्लो रुख चढ्दथ्यो, सबभन्दा अग्लो कान्ला बाट हाम्फाल्दथ्यो र प्राय: उसले लडाईं पनि खेल्नुपर्ने हुन्ध्यो ।


ति केटाहरु स्वछन्दतापुर्वक घुमफिर गरिरहन्थे, गाउँका फलफुल चोर्थे र खोलामा माछा र गँगटाहरु मार्ने गर्थे । तिनिहरु युद्ध र सिकार तथा अन्य त्यस्तै खेलहरु खेल्दथे । एकपल्टको कुरो हो चराखेल खेल्दा ठुला निकै ठुलो दुर्घटनामा पर्‍यो । त्यस चराखेल मा ठुला चोर काग र अन्य केटाहरुचाहीँ गुँड बनाउने सानासाना चरा बनेका थिए । केटाहरुले गुँडहरु बनाएर त्यसमा ससाना गोलो बगरे ढुङ्गाका फुलहरु राखी लुक्न गए । जब ठुला गुँडका फुलहरु चोर्न रुखमा चढ्यो तब ति अन्य केटाहरु चराले झैँ हातका पखेटाहरु हल्लाउँदै छोरा काग बनेको ठुलालाई आक्रमण गर्न हुर्रिएर आए । त्यस मौकामा अत्तालिँदा ठुलाले आफुलाई उड्न सक्ने काग झैँ ठान्यो र रुखबाट एक्कासी हाम्फाल्यो । तर तल जमिनमा रहेको ठुलो ढुङ्गामा ऊ बेसरी बज्रिन पुग्यो र त्यसबाट उसको निधारमा निकै ठुलो चोट पर्न गयो । त्यो चोट केही महिनापछी निको भए पनि त्यसको दागचाहीँ सधैंका लागि रहिरह्यो ।

त्यसो भए पनि ठुलाको चकचकेपना र खेलवाडप्रतीको मोहलाई यस्ता दुर्घटनाहरुले घटाऊन सकेनन । चराचुरुङगीहरुलाई पासोमा पार्न ऊ सिपालु भएरै निस्क्यो र कोही बेला छिमेकिका कुखुराहरुको सिकार गर्न पनि ऊ हिचकिचाउँदैनथ्यो । वसन्त ऋतुमा साथीहरुसँग चराका गुँडहरु खोज्न जंगलतिर जान ऊ खुब मज्जा मान्थ्यो । तिनिहरु चराको गुँडमा तिनहाँगे काठ राखेर त्यसमा घोडाको पुच्छरका पासो थाप्थे र जब चरा गुँड मा बस्न आउँथ्यो त्यस पासोमा त्यो फस्दथ्यो । स साना बचेराहरु भएका गुँड भेटिएमा चाँहीँ तिनिहरुका माउ चराहरुलाइ कहिल्यै पासोमा फसाउँदैनथे र त्यसै छाडेर घर फर्किन्थे । बरु, ति बचेरा हरुको प्वाँख लागेपछी तिनलाई घरमा पाल्न ल्याउने गर्थे ।...........क्रमश:

Comments

Popular posts from this blog

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।