(यो पालोमा पनि हर्क गुरुङको पुस्तक 'मैले देखेको नेपाल' बाट उनको बाल्यकालको गोठालो र सिकार को सँस्मरण । यो एउटा ब्यक्तिको सँस्मरण मात्रै नभएर त्यो समयको समाजको सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको प्रतिबिम्ब पनि हो ।)
......सबभन्दा राम्रो समय शरद ऋतु हुन्थ्यो, जुन बेला गाई, भैंसी, भेडाबाख्रा र घोडाहरु लेकतिरका खर्कहरुबाट झर्थे र गाउँका खेतबारी हुँदो चर्दथे । गाउँ नजिकै गोठहरुमा दुध र नौनी घिउको छेलोखेलो हुन्थ्यो र केटाहरु दौडिरहेका घोडाहरु खेद्ने, पक्रने र चढ्ने गर्दथे । त्यस समयमा सयपत्री फूलहरु फुलेर गाउँ नै ढकमक्क हुन्थ्यो र यसै बेला दशैँ र तिहारभरी परिवारका सदस्यहरुको पुनर्मिलन हुन्थ्यो । शरद्कालमा मिर्ग, भालु र बनेलका सिकार गर्ने जेठापाकाहरुको चलन नै थियो । ठुलाका घरका सिकार खेलेर मारिएका बिभिन्न जन्तुका सिङहरु थुप्रै जम्मा भएका थिए । केटाहरुले ठुलाबडाले सिकार खेलेको सिको गर्न मन पराउँथे र त्यस्तै सिकारबाजी खेल खेल्दथे । केटाहरुमध्ये एक जना मिर्गको सिङ टाउकामा बाँधेर भाग्दथ्यो र अन्य केटाहरुचाहीँ सिकारी र कुकुरहरु भएर त्यसलाई खेत, बार तथा जङगलैजङगल लखेट्ने गर्दथे । ठुला जहिले पनि मिर्ग बन्न रुचाउँथ्यो, उसको अती चाँडो दौडन सक्ने र कठिन बार तथा डिलहरु नाघ्न सक्ने क्षमताले गर्दा उसलाई समात्न उसका साथीहरुलाई हम्मे पर्थ्यो । कुनै साथी उसको नजिक आइपुग्यो भने कुनै उपाय नलाग्ने स्थितिमा मिर्गले सिकारी कुकुरलाई लात्तिले हानेजस्तै गरी उसले पनि त्यस साथीलाई लात्तिले मज्जासँग भकुर्ने गर्दथ्यो ।
दाजुहरु सिकार खेल्न जाँदा आफुलाई पनि लिएर जाने आग्रह ठुला घरीघरी गरिरहन्थ्यो । एक पल्ट माइला दाजुसँग कालिजको सिकारमा उसले जान पायो । कालिजका बिष्टा फेला परेको ठाउँमै कालिजहरु बास बस्छन भन्ने अनुमान लगाएर उनिहरु त्यही ठाउँमा गएका थिए । माइलाले भरुवा बन्दुक र ठुलाले एउटा टर्चलाइट बोकेको थियो । त्यस ठाउँमा पुग्दा प्राय: अँध्यारो भईसकेको थियो । माइलाले ठुलालाई टर्चलाइट रुखतिर बाल्न लगायो । टर्चलाइट लगाउँदा रुखका हाँगाहरुमा लहरै कालिजहरु बास बसेका देखिए । टर्चलाइटको प्रकाशमा ति चराहरु छक्क परेर आँखा झिम्काउँदै बसिरहे । माइलाले ताकेर बन्दुक पड्कायो । तर चराहरु खसेनन, खाली बन्दुकको आवाज मात्र आयो । बन्दुकको घोडिमा बारुद पड्कन गएछ र माइलाको अनुहार मात्रै कालै भयो । भाग्यवश उसलाई नराम्रो चोट लागेन । जब दुबै भाईले थोत्रो बन्दुकलाई सराप्न लागे तब चराहरु पूर्ण चेतनावस्थामा आएर अँध्यारोमै उडेर गए ।
अर्कोपल्ट ठुलाका जेठा दाजु भारतीय फौजबाट छुट्टीमा घर आएका बखत ठुलाले फेरी सिकार खेल्न जाने मौका पायो । जेठा दाजुले नयाँ बन्दुक किनेर ल्याएका थिए र त्यस बेला सिकार खेल्ने समय नभए तापनी उनलाई आफ्नो तारो हिर्काउन सक्ने सिप देखाउने उत्सुकता थियो । एक दिन ठुलाले गाउँको नजिकै बारीमा कलिलो मकै खाँदै गरेको लङ्गुर बाँदरलाई देखाइदियो । जेठा दाजु अती खुशी भए । ठुलालाई साथमा लिएर जेठो दाजु नयाँ बन्दुक लिइ त्यस लङ्गुर लाई हिर्काउन हिँडे । बन्दुक लिएको मान्छे देखेर त्यो लङ्गुर चाँडोचाँडो नजिकैको जङ्गलमा पसी एउटा अग्लो रुखमा चढेर बस्यो । ठुलालाई पछाडि नै बस्न भनेर जेठा दाजु चलाकीपुर्वक त्यस रुखतिर बढ्न थाले । आफुतिर त्यस बाँदरको ध्यान आकर्षण गरी राख्न ठुलाचाहीँ उफ्रँदै-नाच्दै र अनुहार बिगार्दै बस्यो । यो षड्यन्त्र काम लाग्यो । ठुलाले ढ्याङ्ग आवाजसँगै त्यो बाँदर भुइँमा खसेको मात्र देख्यो । दुई आँखाको बिचमा गोली लागेर बाँदर मरेछ । ठुलाले त्यसलाई त्यसै छाडि राख्न चाहेन र मरेको बाँदरलाई पुच्छरमा समातेर तान्दै गाउँको गल्लिमा ल्यायो । त्यहाँ ल्याएर बाटो छेवैको एउटा ढुङ्गामाथि पछाडिपट्टिबाट लठ्ठिले अड्याएर त्यस बाँदरलाई बसेको झैँ बनाइ राख्यो । साँझतिर मानिसहरु कामबाट गाइगोरु र भैँसिहरुसँग फर्केर आउँदा पशुहरु तर्सिएर भाग्न लागे र मानिसहरु एक्कासी भएको त्यस खैलाबैलादेखी अत्तालिए । केही बेरपछी मात्र कारण पत्ता लाग्यो र तिनिहरु एकैचोटि आफ्ना कोदाली, हलो, र लौराहरुसँगै त्यस बाँदरमाथि झम्टिन पुगे । तर पहिलो चोटमै त्यो बसिरहेको बाँदर पुकलुक्क ढल्दा तिनिहरु झन् छक्क परे । डिलमाथि बसेर ठुला मरिमरी हाँसेको देख्दा मात्रै पो तिनिहरुले आफुलाई मुर्ख तुल्याइएको कुरा चाल पाए र सबै जना गललल हाँसे । क्रमश:......

Comments
Post a Comment