Skip to main content

एअरपोर्ट दैनिकी


बिहानै भालेको डाँकसँगै उठ्नु; एअरपोर्ट को गेट मा पुग्नु; एअरलाईन्सहरुको काउन्टरमा गएर बोल्दा पनि पैसा पर्ला जस्तो गर्ने रुखा कर्मचारीहरुसँग दबेको भाषामा जहाजको बारेमा बुझ्नु र निरास भएर फेरी होटल म फर्किनु दैनिकी जस्तै भएको छ गएको हप्ता देखी । ओहो सर अझै यतै ! हेर्नुन म आको त आज ११ दिन भै सक्यो, तपाईं कहिले देखी हो ! आज जान्छ रे त ! आज त चान्स नै भएन यार ! जस्ता वार्तालाप ले बिहान देखी साँझ नपरेसम्म पछ्याइरहन्छ । यो क्रम सधैं चलिरहेको छ कर्णाली जाने यात्रु (जनता र कर्मचारीहरु)को । हुनत दुर्गम भनेर धेरै कुराहरुमा प्राथमिकता र आरक्षण गरिएको छ कर्णाली र यहाँका नागरिकहरुलाई तर पनि वास्तविकता भोग्नेलाई मात्रै थाहा छ । कर्णालीमा जागिर सुरु गरेको १ बर्ष हुनै लाग्यो तर आवत जावतको यो समस्याले गर्दा यो समयको पनि राम्रै हिस्सा एअरपोर्ट (सुर्खेत र नेपालगन्ज) वरिपरी होटेल मा नै बसेर बितेको छ । यहिनै नियती हो कर्णालीमा बस्ने र काम गर्ने धेरै कर्मचारीहरुको, जनताको ।



कर्णाली का ५ जिल्ला हरु (कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु) मध्य कालिकोट जिल्लामा मात्रै काम चलाऊ सडक पुगेको छ त्यो पनि सदरमुकाम पुग्न अझै ६, ७ घण्टा हिंड्नुपर्छ । हुनत सरकार र संचार माध्यमहरुले कर्णाली राजमार्ग (सुर्खेत जुम्ला सडक) को पनि धेरै नाम लीरहन्छन जुन बाटो बर्षको ५ महिना जती मात्र चल्छ त्यो पनि मालबाहक ट्रयाक्टर मात्रै, यसो भनौ कालिकोट र जुम्ला लाई सडकले छोएको छ । कालिकोटबाहेक बाँकी ४ जिल्लाहरुको यातायात को एकमात्र साधन सुर्खेत वा नेपालगन्ज बाट उड्ने हवाइजहाज र हेलिकप्टर मात्रै हो । हेलीकप्टर को भाडा सामान्य ब्यक्तिहरुले तिर्न सक्ने कुरा हुँदैन किनकी हवाइजहाज भन्दा ४ गुणा सम्म महँगो हुन्छ । त्यसपछी त एक मात्रै बिकल्प रह्यो हवाइजहाज ।

एअरलाईन्सको चर्तिकला:
कर्णालीको कालिकोट बाहेक अन्य जिल्ला पुग्ने यात्रुको हवाइ यात्रा बाहेक अर्को बिकल्प छैन । तर एअरलाईन्सहरुले जनता प्रतिको उत्तरदाइत्व पटक्कै छैन । हवाइजहाजहरु यात्रु बोक्नु भन्दा सरसामान नै बोक्न मन पराउँछन किनकी सामानहरुको भाडाबाट यात्रु को भन्दा धेरै कमाइ हुन्छ र बिमा लगायतका अन्य शुल्क पनि तिर्नु पर्दैन । सडक पुगेपनी जुम्ला र कालिकोट लगायत ५ वटै जिल्लाहरुका ब्यापारिक र निर्माण का सामाग्रीहरु हवाइ मार्गबाट नै ढुवानी गर्ने गरिन्छ । अझ विश्व खाध्य कार्यक्रम WFP को चामल पनि हवाइजहाज ले नै बोक्ने गर्छन् । तेसो हुँदा यात्रुहरुको लागि उडान गर्ने त एअरलाईन्सहरुको लागि समय नै हुँदैन । अनी त हप्तौँ हप्ता सम्म होटेल मा बसेर खर्च सक्नु बाहेक केही उपाय रहन्न यात्रु सँग । त्यस माथि झन बोल्दा पनी पैसा पर्ला जस्तो गर्ने एअरलाईनसका कर्मचारीहरुको रुखो व्यबहारले त झन निरास बनाउँछ । आज फ्लाइट छैन ! भोली? भोलीको कुरा भोली नै थाहा हुन्छ ! फ्लाइट भएनी आज मान्छेको छैन, चामल को हो ! तपाईंलाई सबै कुरा थाहा भए के सोधिराको त ! यस्तै यस्तै !

एक त अफिस मा उपस्थित हुन नसक्नुको पिडा अर्को होटेल मा आफ्नो तलब काटेर गर्नुपर्ने अनेकन अनावश्यक खर्चले त झन जागिर देखी नै निराशा नै उत्पन्न गराइदिन्छ । त्यस माथि झन टिकट को लागि अनेकन दलालिहरुलाई गर्नुपर्ने चाकरी को त कुरै नगरौ । यती गरेर पनी जागिर त खानै पर्‍यो । कर्णाली मा जागिर गर्ने एउटा कर्मचारीले बर्षको ३ महिना जती त एअरपोर्ट मा नै कुरेर बित्ने रहेछ ।
अली गहिरो गरी हेर्दा राज्य ले कर्णालीमा गरिरहेको लगानी असफल हुनुको पछाडि यो पनि एउटा कारण देखिन्छ । कती कर्मचारी समयमा अफिस पुग्न नपाएर बजेट फ्रिज भएको पनि धेरै घटना हरु छन कर्णाली मा । कहिले कर्णालीमा मोटर पुग्ला र जनता, कर्मचारी र सम्पूर्ण कर्णाली ले सुख पाउने दिन आउला ........???।

Comments

Popular posts from this blog

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।