गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो ।
मुद्रा आतंक
यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच लाखको एउटै नोटको पनि साक्षात्कार गरियो ।
प्रगति गर्दै हनोइ
अमेरिकासँगको युद्धमा जित हासिल गरेपनि युद्धले थलिएको पुर्वी एसियाली मुलुक विकासको तराजुमा नेपालकै दाँजोमा होला भन्ने कल्पना गरेका थियौँ । तर त्यसो होइन रहेछ । साम्यवादी राज्यव्यवस्था रहेको भियतनामको राजधानी हनोइको विकासको तिब्रता हेर्न लायक थियो । सडकमा नेपालमा जस्तै दुइपाँग्रेहरुको बिगबिगीले एसियाली संस्कारको झल्को दिन्थ्यो भने फराकिला सडक, अनेकन फ्लाइओभर र व्यवस्थित शहरले कुनै विकसित विश्वको भाग जस्तो लाग्दथ्यो । तर आमजनताको क्रयशक्तीमा खासै सबलता नआइसकेकोले होला शहरबाहिरका फराकीला सडकहरु भने प्राय सुनसान हुन्थे । त्यहाँको विकासको तिब्रताले हाम्रो मनमा भने हिनताबोधको पातलो भाव सवार भैरह्यो यात्राअवधीभरी नै ।
सर्बहारी देश
पुर्व तिरबाट समुन्द्रले घेरिएकोले भियतनाममा समुन्द्री खानाको प्रचुरता भएपनि भियतनामीहरुले नखाने प्राय चिज नै छैन भन्दा पनि हुन्छ । नेपालमा जस्तै भात उनीहरुको प्रमुख खानेकुरा हो । मासुका लागी भियतनामीहरु कुकुर, बिरालो देखी सर्प र मुसाहरु समेत प्रयोग गर्छन् । समुन्द्रमा पाइने अक्टोपस, झिँगेमाछा, गँगटा, सिपी, घुँगी र शंखेकीराहरु त झन् उनीहरुका सर्वप्रिय भोजनहरु हुन् । भियतनामी खानामा चिल्लो र नुनको मात्रा नेपाली खानामा भन्दा निकै कम हुन्छ । उनिहरु चिनमा जस्तै खानको लागी चम्चाको साटो चपस्टीक प्रयोग गर्छन् ।
भियतनामीहरु रक्सीका पनि पारखी हुन् । रक्सीमा यार्सागुम्बा, मरेका सर्प र गर्भमै रहेका जनावरहरु डुबाएर राखी पुरानो बनाएर पिउने चलन पनि अचम्म लाग्यो । हेर्दा दिगमिग लाग्ने यस्ता चिजहरु उनिहरु भने मिठो मानेर पिइरहेका हुन्थे ।
युद्धको पर्याय
भियतनामको नाम लिने बित्तिकै सबैको मनमा आउने यौटा साझा कुरा हो भियतनामी गुरिल्ला वार जसले अमेरिकाको सातो लिएको थियो । त्यसैले भियतनाममा युद्धका अनेकन निशानीहरु अझै देखिन्छन् । चिनको उपनिबेशबाट मुक्त भएपछी पनि फेरी फ्रान्सको उपनिवेश भोग्न बाध्य भियतनामले दुइ पटक त स्वतन्त्रता संग्रामनै गर्नु परेको थियो, मुक्त हुनको लागी । अमेरिका सँग गरिएको युद्धको समयमा खनिएका बंकरहरु अझै पनि धेरै स्थानमा सहिसलामत नै छन् ।
राष्ट्रपिता हो चि मिन्ह
सबै भियतनामीहरु हो चि मिन्हलाइ सारै आदर गर्छन् । स्वतन्त्रताको लागी उनले लडेका युद्धका कथाहरु अझै पनि प्राय भियतनामीहरुलाइ याद छ । आधुनिक भियतनामका कल्पनाकार उनको जनताहरुमा गहिरो छाप छ । जहाँ जाँदा पनि हो चि मिन्हको कुनै न कुनै प्रतिमाहरु देख्न पाइन्छ । राष्ट्रपति भवन र संसद भवनको ठीक अघिल्तीर महान् नेता हो चि मिन्हको समाधी छ । बिशाल खुला क्षेत्र सहितको सो समाधी भवनको भित्र उनको सम्पुर्ण शरीरलाइ नै सुरक्षित राखीएको छ । त्यसैले भियतनामीहरु हो चि मिन्ह मरेका छन् भनेर अझै विश्वास गर्दैनन् ।
हा लोङ बे
युनेस्कोको विश्व सम्पदा सुचीमा समेत सुचीकृत हा लोङ बे भियतनामको यौटा प्रमुख पर्यटकीय आकर्षण हो । कतिपय औपचारीक कार्यक्रमहरु समेत छोट्याएर हामीले बे भ्रमण गर्ने कार्यक्रमलाइ सफल बनाउन चुकेनौँ । भियतनामको पुर्व उत्तरमा साउथ चाइना सि भित्र साना साना चुनढुंगाको अनेकन टापुहरु नै हा लोङ बे को बिशेषता हो । आरामादायी डुंगामा सो बे घुम्दा समुन्द्रको बिच बिचमा पहाडहरु उम्रिएजस्ता देखिन्थे । ति टापुहरु कसैले हात्ती कसैले कुखुरा जस्ता विभिन्न आकृतिहरुको झल्को दिन्थे । चुनढुंगाको पहाड भएकाले कुनै कुनै टापुमा बिशाल गुफाहरु पनि छन् । जसलाइ बिभिन्न रंगीबिरंगी बत्तीहरुले सजाएर पर्यटकलाइ आकर्षित गर्ने उपाय लगाएका छन् ।
समुन्द्री मोती भियतनाम भ्रमण गर्नेहरु सबैको आकर्षण हो । हा लोङ बे मा मोती, हस्तकला र अन्य सामाग्रीहरु बिक्री गर्नको लागी बिशेष बजारको ब्यवस्था गरिएको छ समुन्द्रको तिरैमा । जहाँ सक्कली भन्दा पनि चिनमा बनेका नक्कली मोतीहरुको बिगबिगी छ ।
र यो पनि
यौटा राष्ट्रीय निकुञ्जको भ्रमणमा जाँदा मैले मेरो जिन्दगीकै सबैभन्दा ठुलो गड्यौला देख्ने अवसर मिल्यो । सानो तिनो सर्प जस्तै सो गड्यौला शायदै अब कहिल्यै देखिएला ।
संसारबाटै लोप भैसकेको इन्डोनेशियाको जाभा प्रान्तमा पाइने एक प्रकारको गैँडा जाभान राइनो को अस्थिपञ्जर पनि यौटा हेर्नलायक कुरा मध्ये एक थियो भियतनाममा ।
संसारका सोझा मानीसहरुमध्ये मानिने भियतनामीहरुसँगको करीब एक हप्ते संगतपछी कर्मथलो फर्कियो र लागियो जुध्न यही अस्तव्यस्त शहरमा ।

photo haru chai dami lagyo bro -milan79266
ReplyDeleteतिमारकै मोज छ । सरकारी खर्चमा घुमघाम ।
ReplyDeleteDherai ramro....
ReplyDeleteRamailo anubhab sharing chha mitra... man paryo..
ReplyDelete