Skip to main content

एउटा क्रान्तिकारीको मनोवाद

abcराजनितीमा लागेको यतिका बर्षपछी बल्ल आफुले चाहेजस्तो ठाउँमा पुगेको छु.. तर कम्ता गारो परेन यी सबै चिज पाउन.. ओहो ति दिन सम्झिँदा पनि कहाली नै लाग्छ.. ति संघर्षका दिनहरु कम्ती अफ्ठ्यारा थिएनन्.. टाउकाको मोल बोकेर पनि हिँडीयो कुनैबेला.. ह्या ति दिन सम्झेर नि के बसिराहोला.. तर साँच्चै यहाँसम्म यति छिटै आइएला भनेर त सोचेको नि थिइएन.. आफ्नै जिवनकालमै यि सबै देख्न पाइयो.. ति लिट्टेका हालत सम्झेर तेतीबेला नै आस थिएन मलाइ त.. तर जे भए नि आइयो.. चाखियो सबै कुरा र चाखिँदैछ..

खै किन हो आजभोलि राम्रो निन्द्रा पो पर्दैन.. डेकेन्द्रको मुद्दा ब्युँतेपछी र कर्नेल लामालाइ बेलायतमा समातेपछी सारै डरमर्दो पो भो त.. त्यो समय नै त्यस्तो थियो त के गर्ने.. हजारौँ मरे नि.. अब युद्धको बेलाको एक एक कुरा केलाएर काँ साध्य हुन्छ त.. यि मिडीयाले कान फुकेर नि फसाउलान् जस्तो छ.. तर कमरेडहरुले गर्न चैँ गल्ती गरेकै हुन्.. डेकेन्द्र र ति अधिकारी मास्टरलाइ चैँ त्यसरी नमार्नुपर्ने.. तर के गर्नु सबै कुरा हाम्रो नियन्त्रणमा नि कहाँ थियो र.. अब पार्टी ठुलो बनाउने भनेर भकाभक सबैलाइ हुलियो.. अब सबै राम्रा कहाँ हुन्छन् र.. छिरे नि नराम्रा पनि.. तिनैका कर्तुतले अहिले यि आफ्नै धोती खुस्केला झैँ भैसक्यो.. युद्धमा लाग्न अलि आँटिला छाती भका चाहियो.. के गर्ने सबै राजनिती र सिद्धान्तै बुझेर त काँ लाग्या हुन्छन् र.. बेफ्वाँकमा अहिले आफुलाइ ऐँजेरु भो.. अब यसरी डेकेन्द्र¸ अनि अधिकारी मास्टर सबैका मुद्दा ब्याझिदै गए भने त आफ्नो पनि काँ खैरियत भो र.. आफ्नो सरकार हुन्जेल त मुद्दा फिर्ता लेर भानि जोगाउँला भन्ठानेको यि मानवअधिकारबादी भनाउँदाले बेलायत र हेगमा लगेर बल्झाइदिने हुन् कि भनेर पो पिरलो पर्यो.. के गर्ने प्रतिकृयावादीहरुसँग नसकिने भो.. ठुलो भाग खान आको झोलमा डुबेर मरियला भन्ने चिन्ता भो.. अनि काँट लाग्नु निन्द्रा.. तर यि अधिकारवादी र पत्रकार भनाउँदा दुइचार दिन कराउँछन् बिज्ञप्ती निकाल्छन्¸ दुइचारवटा सम्पादकीय छाप्छन् अनि चुपो लाग्छन्..

फेरी यतातिर केही उरन्ठेउलाहरु अकुपाइ बालुवाटार भनेर धर्ना कसेर बसेका छन्.. के गर्नु टायर सायर बाल्ने ग्रुप भएनि पुलिस लगाएर कोच्दिन्थेँ हनुमानढोकामा.. अब मैनबत्ती लेर कालोपट्टी बाँधेर चुपो लाएर बस्नीलाइ के गर्नु.. पुलिसै लाउनु नि भएन अब यिनले त्यसै छोड्लान् जस्ता नि छैनन्.. कता कता मात्रै हेर्नु.. हाम्रा कमरेडहरु उही ड्याँगका छन् त्याँ भन्दा बड्ता कर्मचारी छन्.. टाउकोको मोल बोकेर दक्षिण तिर लुक्न भन्दा नि सरकार चलाउन पो गाह्रो पर्यो त बा.. फेरी यो फेसबुक र ट्वीटरले हुँदो न खाँदोको हल्ला गरेर भिड जम्मा भैराछ.. उत्तरका कामरेडले गर्या जस्तै घाँटी न्याकिदिन्छु यिनका सोसल मिडीयाको अनि थाहा पाउँछन्.. तर के गर्नु आफुलाइ नि कैलेकाहीँ यसो ट्यामपास गर्न र बतासे गफ गर्न पनि चाहिने कुरो कसरी बन्दै गर्नु.. हुन त यि फेस्बुर र ट्वीटरमा ट्यारट्यार गर्ने हरुसँग के जोरी खोजीरनु.. मेर असली भोटर यि हैनन् क्यारे.. भोटर गाउँमा छन्.. दुइचार जनालाइ थर्काएसी अनि दुइचार जनालाइ फकाएसी मलाइ पुगिहाल्छ.. त्याँ माथि हाम्रा वाइसिएल ले उर्दी लाएसी कस्को बुता चल्छ र.. अझ यि ट्वीटे र फेसबुके मध्ये आधाजसोको नाम त मतदाता नामावलीमा नि छैन होला.. त्यसै उफ्रिन्छन् भुइँफुट्टाहरु..

साँच्चै चुवाबै भैहाल्यो भने पो आपत पर्छ.. के भनेर जाने होला जनतासँग फेरी भोट माग्न.. ह्या के टेन्सन लेको होला मैले नि.. नेपालका जस्ता भेडा जनताहरुलाइ के भन्नु पर्यो.. जे भने पनि पत्याहाल्छन्.. अब राजतन्त्र अबरोधको जड हो भन्यौ.. पत्याइदिए.. संसदिय व्यवस्था काम नलाग्ने व्यवस्था हो भन्यौँ त्यो पनि पत्याइदिए.. तर हामी आफैँ त्यो व्यवस्था भित्र छिरेको चालै पाएनन्.. कस्ता लठेब्राहरु.. अब संबिधान नबन्ने निश्चित भैसक्दा नि बन्छ बन्छ भन्दिरह्यौँ.. बिचराहरु पत्याइरहे.. कोइ कोइ त संबिधान सभा भंग हुने राती बाह्र बजे नि संबिधान घोषणा भैहाल्छ कि भनेर टिभी हेरिराथे होला.. अब बाउन्न सालदेखी क्रान्ती भन्यौँ.. पत्याइरहे.. शोषित पिडीत उत्पीडीतहरुको राज्य भन्यौँ.. पत्याइदिए.. हुँदा हुँद जनयुद्ध बेला भारतसँग सुरुङयुद्ध गर्छौँ भनेको भटाभट सुरुङ खन्न थालिहाले कतिले त.. हरे.. अब बिचरा हाम्लाइ युद्धकालभरी त्यस्तो सेल्टर दिने आधार इलाकाको बिरुद्धमा नि कहीँ त्यसो गरिएला त.. त्यो त सब यिनलाइ देखाउने र हो है साँच्चै यिनेरु ले त गर्लान् है भन्ने जस्तो पार्न पो खोज्या हो त.. अब दाल चामल देखी प्रधानमन्त्री सम्म आयात गर्नुपर्ने देशले त्यस्तो आणविक शक्तियुक्त देशसँग युद्ध गर्ने भन्दा नि पत्याउने कस्ता मुला छुचुन्द्रे हुन्.. त्यसै भन्या हो त भेडाहरु भनेर.. सबै कुरा गर्न कै लागी त कहाँ भनिन्छ र..

सबै बेरोजगारलाइ रोजगार, शान्ति, विकास भनेर टुँडीखेलबाट भन्दिनुमात्रै पर्छ तालीको पर्रा छुटिहाल्छ.. यस्ता लाइ जे भन्दे नि भैगो नि.. जे भने नि पत्याइदिन्छन्.. काँ पत्याउनु मात्रै बिश्वासै गर्छन्.. त्यै भर संबिधान सभाको चुनाउमा झण्डै बहुमत देका थे यिनले.. अब कसैले पहिले भनेका कुरा किन भएन भनेर सोध्यो भने नि क्या रेडिमेड जवाफ छ फेरी.. अब हाम्रो मात्रै सरकार हो र सबैको चित्त बुझाउनु पर्यो.. हाम्लाइ बहुमत दिनोस् न अनि भएन भने मलाइ गोली ठोक्दिनुहोला.. बरु यसो भन्दा तिनले बहुमतै देलान् भन्ने पो डर छ..

यो देशाँ नि अजिव मान्छेहरु बस्छन् यार.. अब लोडसेडिङ बढायो भने नि अब बाँच्न नसकिने भो !! सरकार के हेरेर बसेको छ!! भनेर उफ्रिन्छन्.. भै गो नि त अब लोडसेडिङ नबढाउँ भनेर लाग्यो यसले कुलेखानीको सबै पानी सुकाउने भो भनेर कोकोहोलो गर्छन्.. जे गर्दा नि नहुने कस्ता अफ्ठ्यारा जन्तुहरु होलान्.. सडक मार्ग प्रयोग गरेर कतै हिँडेँ भने काठमाण्डुको जाम यसैले बनायो भनेर पत्रिकाँ भँगेरे अक्षरमा छापिन्छन्.. हैन अब हेलिकप्टर मै जाउँ न त भने नि मुस्ताङ चढेर मितव्ययी बन्न खोज्ने ले यति करोड त आकासमा उडाएछन् भनेर तिनै पत्रिकाले छाप्छन् फेरी.. कसै गर्दा नि कस्तो भिराँ फलेको फर्सी जस्तो भैएछ है.. प्रतिकृयावादी, दलाल, नोकरशाही र साम्राज्यवादीहरुले भरिएको छ संसार पनि..

ह्या जे सुकै होस्.. अब सुत्छु.. भोलि फेरी सबेरै राष्टपतिलाइ भेटेर सहमती हुँदैछ भन्नुछ.. त्यही कुरा पत्रकारलाइ घोकाउनुछ.. अनि दिउँसो अयोग्य लडाकु कमरेडहरुलाइ भेटेर भन्नु छ - हतार नगर्नुस साथीहरु क्रान्ति हुँदैछ..।

Comments

Popular posts from this blog

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।