यस्तो होला भन्ने सबैले सोचेका पनि थिए कि थिएनन् तर अन्तत देश संघिय हुने नै भयो । र संघियता संगसगै पहिचानको कुरा पनि जबरजस्त रुपमा जोडिएर आयो नङ र मासु जसरी मानौ कि यि दुइ कहिल्यै छुट्टिन नसक्ने कुरा हुन् । तर पहिचानको यो मुद्दालाइ जातिय हिसाबमा जोडेर यति संकिर्ण बनाइयो कि अब त्यो कुरा नखाउँ दिनभरिको शिकार र खाउँ काकाबाको अनुहार जस्तो भै सक्यो राजनिति गरेका भन्नेहरुलाइ । तर हाम्रो पहिचान जसको हामी यसरी तारन्तार कुरा उठाइरहन्छौं त्यो शायद नब्युँतिने गरि कोमा मा गैसकेको छ ।
संघियतामा जातिय राज्य प्राप्त भए जातिय पहिचान जोगीने वा रहने जस्ता वाहियात कुरा गरेर जातिय रुपमा राज्यहरुको बाँडफाँड गर्ने तयारिले मात्रै जातिय पहिचान रहन्छ भन्नु सर्बथा अनुचित हो । हुन त म्युजियममा डाइनोसोरको अस्थि पनि जोगाइएको छ के त्यसलाइ त्यो जिवको पहिचान जोगिएको रुपमा बुझ्न सकिन्छ र । कदापी सकिन्न । हो जातिय राज्य बिभाजन गरेर पहिचान कायम रहन्छ भन्नु यस्तै कुरा हो । सत्य कुरा त के हो भन् हामी पहिचान जोगाउने मुडमा कहिले पनि थिएनौं, छैनौं र शायद हुने पनि छैनौं । पहिचानको कुरा त अहिले नितान्त प्रोपोगाण्डाको हिसाबले आएको हो । यसभित्र कुनै पनि असल नियत देखिएको छैन अहिलेसम्म ।
अझ सबैभन्दा हाँसोलाग्दो कुरा त के छ भने पहिचानको लागी संघिय राज्यहरुको नाम जातीको आधारमा राखिए मात्रै पहिचान जोगिन्छ भन्छन् कोहि । यो झन् संकिर्ण सोचको पराकाष्ठा हो । पहिचान भनेको नाम मात्रै हैन । पहिचान त स्वअस्तित्व, संस्कृति, परम्परा, कला, साहित्य, भाषा आदी अवयबहरुको समग्र रुप हो । जसको न हिजो कुरा उठेको थियो न आज उठेको छ । खाली केहि सिमीत जातीको पछाडी वान र लिङ जस्ता प्रत्यय थपेर निर्माण हुने नामले मात्रै पहिचानको प्रतिनिधित्व गर्छ भन्नु मुर्खता सिवाय केही होइन ।
साँच्चैको पहिचानलाइ जोगाउन हिजो पनि कोही तयार थिएनन् र आज पनि छैनन् । भित्र जिन्स अनि बाहिर हाकु पटासी लगाएर मञ्चमा देखीने विकासे अनुहारहरुले पहिचान धान्छ भन्नु त्यो नर्तकी जतिकै देखावटी कुरा हो । फेरी १०० भन्दा बढी जाती भाषा भएको देशमा राज्य नै दिएर पहिचान जोगाउन खोज्दा त त्यति नै प्रदेश पो बनाउनु पर्ला त । अनि यौटा जातिय नाम पाएको राज्यमा बस्ने अन्य जातिहरुको पहिचान चैँ के पहिचान नै नहुने ।
अझ सबैभन्दा प्रायोजक लाग्ने कुरा त के छ भने जो आफ्नो जातिय पहिचानको लागी यसरी उफ्रीरहेका छन् तिनलाइ देशको पहिचानको बारेमा शायद कहिले थाहै भएन जस्तो देखीन्छ । संसारका अधिकाँश मान्छेलाइ बुद्धको जन्मस्थानको बारेमा अहिले पनि भ्रम पारिएको छ त्यसलाइ हामिले चिर्न सकेका छैनौँ । तेन्जिङ नोर्गेको कामको मित्रराष्ट्रले सबै क्रेडिट लिइसक्दा पनि हामी '”हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरे” मात्रै भनेर बसिरहेका छौँ लाग्छ कि हामी यति भनेरै राष्ट्र भक्तिले ओतप्रोत भैहाल्छौ । तर बास्तबमा त ति पो हुन् त हाम्रा पहिचान । खै हामिले जोगाउन सकेको । राष्ट्रिय पहिचानलाइ तिलाञ्जलि दिएर जात, समुदाय र क्षेत्रको पहिचानको नारालाइ सडकमा उतार्नु जति हास्यास्पद केही हुदैन । सबैलाइ चेतना भया ।

Comments
Post a Comment