Skip to main content

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।)

तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि ।
दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि ।

दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो
फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि ।

खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर
अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

नकाटिँदै आधिबाटो किनारामै तिम्लाई छाडी
एक्लै साथी खोला तर्दा दुखेको छ मलाई पनि ।

रमाइलो त्यो तिम्रो शहर उराठ लाग्दो बनाएर
खुसीहरु बसाइँ सर्दा दुखेको छ मलाई पनि ।

वसन्तमा टुसाएका कलिला ति मुनामाथी
निर्दयीले तेजाव छर्दा दुखेको छ मलाई पनि ।

तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि ।
दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि ।।

Comments

Post a Comment

Popular posts from this blog

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।