Skip to main content

Posts

Showing posts with the label गजल

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।

गजल

सम्झनाको यो नाउलाइ पारी तार्न सकिएन । तिमीदेखी टाढा भएँ माया मार्न सकिएन । तिमी सम्झि ननिदाइ धेरै रात काटिसकेँ यो मनलाइ किनकिन आफ्नै पार्न सकिएन । विरह र वेदनाका लप्का छातिभित्र उठ्छ मनको राप शान्त पार्ने आँशु झार्न सकिएन ।

गजल

यसपाली नि कुलो सुख्खा सुख्खै रह्यो पाटो हजुर । गैरि खेतमै धाँजा फाट्यो जर्जर भयो माटो हजुर । नहरहरु प्वालै प्वाल छन्, चुहिन्छ त्यो कुलो पनि धान झुल्ने फाँटहरुमा कमिलाको बाटो हजुर ।। थुनिएर रस्यानहरु भरिएलाकी कुलो, फाँट भन्ने आशका घाउहरुमा आशकै लाग्यो खाटो हजुर ।।

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।

तिम्रो आँशु

झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै न हुरी न बतास त्यसै आँफै ओइलिएर फूल झरिरह्यो तिमी रोइरह्यौ कि कतै रुझेका ति केशहरु फुकाउँदै सल्लाघारी आवाज गरिरह्यो तिमी रोइरह्यौ कि कतै किनारालाइ छिया पार्दै खोला उर्ली उर्ली सिमा तरिरह्यो तिमी रोइरह्यौ कि कतै चिहाउदै जुन कैले कैले लुक्दै बादलुमा शित छरिरह्यो तिमी रोइरह्यौ कि कतै कोल्टे फेर्दै अशुभ-अशुभ सपनाहरुसँगै रात टरिरह्यो तिमी रोइरह्यौ कि कतै ।।। झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै ...

तिमी....

तिमी आयौ बिहानी भो । यौटा मिठो कहानी भो । फूलहरु उदाश थिए तिनलाई अब रानी भो । यौटा मिठो कहानी भो । झण्डै झन्डै ओइलिएको जिन्दगीलाई पानी भो । यौटा मिठो कहानी भो । थाकेको यो शिर राख्न तिम्रो काख सिरानी भो । यौटा मिठो कहानी भो । जब आयौ जिन्दगीमा जवानी यो जवानी भो । तिमी आयौ बिहानी भो । यौटा मिठो कहानी भो ।