Skip to main content

Posts

Showing posts with the label Harka Gurung

नौलो संसार- ४

('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो पोस्टमा उनले लमजुङ देखी बिध्यालयको खोजिमा काठमाडौंसम्म पैदलै गरेको यात्राको बयान....) .......गाउँमा कुनै पाठशाला थिएन । यसो त लमजुङ जिल्लाभरी नै कतै पनि पाठशाला थिएन । एक जना छेत्री बुढा थिए, भारत गएर आएकाले उनलाई सबैले 'देशी बुढा' भन्ने गर्थे । तिनले नै लोकप्रिय धार्मिक श्लोकहरु लय हाली कण्ठस्थ पार्ने तरिकाद्वारा पढाउने गर्दथे । ठुलाले औपचारिक शिक्षा प्राप्त गरेकै थिएन । कारण उसका पिता गाउँघरको ब्यवहारले ब्यस्त रहन्थे र आमा अशिक्षित थीइन् । पाठशालामा पढ्न जान ठुला अती इच्छुक थियो । दरबार स्कुलमा छोटो समयमा पढ्दाका माइला र साइँला दाजुहरुका राम्राराम्रा पोसाकहरु र चित्रसहितका किताबहरु बाकसमा राखिएका देख्दा नै उसलाई पाठशाला जाने रुची भएको थियो । तर काठमाडौँ त राम्ररी हिँड्दा पनि सात दिन टाढा पर्दथ्यो । ठुलाका बाबु बर्षमा एकपल्ट पेन्सन थाप्न काठमाडौँ जाने गर्थे र फर्केर आउँदा नानीहरुका निम्ती मिठाइ त...

नौलो संसार- ३

('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो अंकमा उनको गोठालो जाँदाको बयान .....) ....एक दिन गाउँदेखी सबैभन्दा टाढा बाह्रपोखरी लेकमा पर्ने आफ्नो घरको भेडिगोठसम्मा जान ठुलाले आँट गर्‍यो । त्यहाँ पुग्न एक दिन लाग्दथ्यो र आवश्यक सरसामान लिन आएको घरकै गोठालाको साथ लागि ऊ त्यसतर्फ हिँड्यो । गुराँस र खस्रुको जङ्गल पार गर्दै जान पर्ने बाटो एकनासे उकालो थियो । उपत्यकामा रहेको बादल माथिमाथि हिँड्दा ठुला अती प्रफुल्लित भयो । रिमरिम साँझ पर्दा उनिहरु गोठमा पुगे जहाँ ठुलाले गन्नै नसक्ने सङ्ख्यामा भेडाबाख्राहरु खर्किएका थिए । तिनओटा डरलाग्दा भोटे कुकुराहरुले गोठमा पहरा दिन्थे र तिनिहरु भुक्दा तिनको आवाज पहाडहरुबाट प्रतिध्वनित हुन्थ्यो । गोठमा ठुलाले मनग्गे ताजा दुध, तर र कुराउनी खायो र आफुलाई न्यानो राख्न भेडाका पाठाहरुसँगै सुत्यो । बिहान चहकिलो घाम लाग्यो । हिमालचुलिको हिउँ सफा र ताजा देखियो । बिहानको खाना खाएपछी लगत्तै गोठालाहरुले भेडाबाख्राहरु चराउन लगे र ग...

नौलो संसार- २

(यो पालोमा पनि हर्क गुरुङको पुस्तक 'मैले देखेको नेपाल' बाट उनको बाल्यकालको गोठालो र सिकार को सँस्मरण । यो एउटा ब्यक्तिको सँस्मरण मात्रै नभएर त्यो समयको समाजको सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको प्रतिबिम्ब पनि हो ।) ......सबभन्दा राम्रो समय शरद ऋतु हुन्थ्यो, जुन बेला गाई, भैंसी, भेडाबाख्रा र घोडाहरु लेकतिरका खर्कहरुबाट झर्थे र गाउँका खेतबारी हुँदो चर्दथे । गाउँ नजिकै गोठहरुमा दुध र नौनी घिउको छेलोखेलो हुन्थ्यो र केटाहरु दौडिरहेका घोडाहरु खेद्ने, पक्रने र चढ्ने गर्दथे । त्यस समयमा सयपत्री फूलहरु फुलेर गाउँ नै ढकमक्क हुन्थ्यो र यसै बेला दशैँ र तिहारभरी परिवारका सदस्यहरुको पुनर्मिलन हुन्थ्यो । शरद्कालमा मिर्ग, भालु र बनेलका सिकार गर्ने जेठापाकाहरुको चलन नै थियो । ठुलाका घरका सिकार खेलेर मारिएका बिभिन्न जन्तुका सिङहरु थुप्रै जम्मा भएका थिए । केटाहरुले ठुलाबडाले सिकार खेलेको सिको गर्न मन पराउँथे र त्यस्तै सिकारबाजी खेल खेल्दथे । केटाहरुमध्ये एक जना मिर्गको सिङ टाउकामा बाँधेर भाग्दथ्यो र अन्य केटाहरुचाहीँ सिकारी र कुकुरहरु भएर त्यसलाई खेत, बार तथा जङगलैजङगल लखेट्ने गर्दथे । ठुला जहि...