Skip to main content

तिमी....


तिमी आयौ बिहानी भो ।
यौटा मिठो कहानी भो ।

फूलहरु उदाश थिए
तिनलाई अब रानी भो ।
यौटा मिठो कहानी भो ।

झण्डै झन्डै ओइलिएको
जिन्दगीलाई पानी भो ।
यौटा मिठो कहानी भो ।

थाकेको यो शिर राख्न
तिम्रो काख सिरानी भो ।
यौटा मिठो कहानी भो ।

जब आयौ जिन्दगीमा
जवानी यो जवानी भो ।

तिमी आयौ बिहानी भो ।
यौटा मिठो कहानी भो ।

Comments

  1. गज्जब मिठो कहानी भो !

    ReplyDelete

Post a Comment