Skip to main content

Posts

Showing posts with the label Karnali

चर्चा कर्नालीको-चर्चा सुनकेशरीको

बितेका एक दूइ हप्ता अझ भनौँ बितेको महिनाभरीनै कर्णाली चर्चाको कुनै न कुनै उचाइमा रह्यो । विकास सुचकांकको हिसाबले अझै पनि नेपालको पुछारमा रहेको अञ्चल चर्चामा रहनुमा भिन्न भिन्न घटनाहरु कारण भैरहे । डिसेम्बरको दोस्रो हप्ता तिर ‘हिमालयन भियाग्रा’को नामले चिनिने यार्सागुम्बासम्बन्धी एरिक भ्यालीको डकुमेन्ट्रीले डोल्पा र कर्णालीको चर्चालाइ यती धेरै उठायो कि अन्तिम दिनको किम्फको त्यो प्रदर्शनीले झण्डै झण्डै सभागृहनै उचालेको थियो । दर्शकहरुले झण्डै मुलद्वार नै भाँचेका थिए सिटीहलको । ‘हिमालयन गोल्ड रस’को त्यो चर्चा सेलाउन नपाउँदै मुगुको सदरमुकाममा मोटरबाटो पुगेको तामझामयुक्त खबरले कर्णालीलाइ लगभग चर्चाको शिखरमै पुर्यायो । भएभरका नेपाली समाचार च्यानलहरुले घण्टा फेरीफेरी र बिषय फेरीफेरी त्यसलाइ प्रस्तुत गरिरहे । कसैले त गमगढी काठमाण्डौ रात्री बसै चलेको झैँ गरि नै समाचार फ्याँके । यौटा सामान्य घटना भएपनि सदरमुकाममा मोटरबाटो पुर्याउन अन्तिमबाट तेश्रो भएको उपलक्ष्यमा मुगु गमगढीले कर्णालीको चर्चालाइ केही हप्तासम्म धानिरह्यो । चर्चा अझै सेलाएको छैन कर्णालीको । शहरका अलि बुझेका अनि ट्वीटर र फेसबुकका ...

अविस्मरणीय भोक

असोजको महिना भएपनि मौसमले शरदको रुप लिइसकेको थिएन । मौसम खराव भएकोले कैयौँ दिनदेखि उडान नहुँदा यात्रुहरु रारा(ताल्चा) विमानस्थलमा अलपत्र परेका छन् भन्ने खबरले हाम्रो पनि यात्रामा तगारो हाल्ने हो की भन्ने शंका त मनमा छँदै थियो । तर मौसम हामीसँग दयालु भइदियो । बिहानै देखी मौसममा आएको सुधारले हामीलाइ एकहदसम्म खुसी नै बनायो । बिहानको नित्यकर्म सकेपछि हामी गमगढी छोड्ने तयारी गर्न लाग्यौँ । लामै बिदामा निस्कन लागेको हुनाले सबै कर्मचारी साथीहरुलाइ दशैँको शुभकामना सहित बिदा भयौँ । हवाइ यात्रा बाहेक अर्को विकल्प नभएको त्यो बिकट सदरमुकामबाट बिमानस्थल पुग्न लगभग २ घण्टाको नाकै ठोकिने ठाडो उकालो हिँड्नु पर्थ्यो । हामी दुइ जना थियौँ - डटेन्द्र गोले दाइ र म । काँधमा झोला बोकेर दाजुभाइ लाग्यौँ ताल्चा एअरपोर्टको बाटो । बिहानैदेखी खच्चरहरु काममा लागीसकेका रहेछन् । साँघुरो गोरेटोमा खच्चरहरुलाइ बाटो दिँदै हामी अगाडी बढीरह्यौँ । करिब आधा घण्टाको हिँडाइपछि गाउँ छिचोलियो, हामी उकालोको फेदमा आइपुग्यौँ । स्थानीयले काठ घिसार्दा र पहराबाट ढुंगा निकाल्दा बाटाभरी छरिएका धारीला चट्टानहरुको कारणले बाटो हिँड्न स...

Climate Change and Himalayan Livelihood

Climate change has been a very hot topic nowadays. From primary school students to the multinational assembly, we are talking the causes, effects and impacts of climate change everyday. Changing in general weather pattern, excessive rain and temperature, loss of biodiversity all supposed to be a impact of climate change which eventually putting the pressure on livelihood of people. But the poorest of the poor have been hit hard by those impacts. So it also would be interesting to share some of my experiences regarding impacts of climate change in the daily livelihood of the Himalayan people. Everyone is agree that the climate change has been showing its impact all over the world. But the mountains and coastal areas are receiving its very rapid impact. Climate change has brought numerous unwanted environmental phenomena. The most prominent impacts in Himalayan region are rapid increase in temperature and excessive rainfall. In this post we are giving more emphasis on the effects of th...

सेतो रिबन-२

“….. सुकन्या‍‍‍‍‍‍‌‌‌ को नाम जस्तै उनको रुप पनि छ - सुन्दर र सुकुमार । गहुँगोरो बाटुलो अनुहार, ठुला ठुला गाजलु आँखा र कसिलो जिउडाल भएकी सुकन्या गाउँकी युवकहरुका तारा बनेकी छे । दुर्गम जिल्लामा भएपनि तुलनात्मक रुपमा सम्पन्न परिवारमा जन्मिएकीले लालनपालन पुगेर होला यहाँका अन्य युवतीहरुभन्दा खाइलाग्दी देखिन्छे । हरेक दिन कोरिबाटी गरिवरी आकाशे रंगको सर्ट र निलो फ्रक लाएर मेरै अफिसको बाटो हुदै उ बिद्यालय जान्छे । अक्सर चिसो नै हुने हिमाली जिल्लाको कार्यालयमा हामी बाहिरै घाम तापेर बसेका हुन्छौँ । उसँगै एक हुल केटीहरु बिद्यालय पोशाकमा कार्यालयकै अगाडीबाट हिँड्दा  सबै कर्मचारीहरुको ध्यान उ तिरै  नै तानिने गर्छ किनकी उसको मुस्कानले सबैलाइ आकर्षित गर्छ । तर त्यो सुमधुर मुस्कान भित्र गहिरो बेदना पनि लुकेको छ भनेर कोहि कोही लाइ मात्रै थाहा छ ।’’  एक हुल जँड्याहाहरु देउडा गाउँदै ओरालो लागेको सुनिन्छ । उ सिरकलाइ मुखसम्म तानेर सुत्छ । ‘’सुकन्याको जन्म कर्णालीको यस्तो दुर्गम गाउँमा भए पनी उसले सदरमुकाम बसेर पढ्न पाइ । शिक्षण पेशा गर्ने उसको बुवाले जागीर गरेर कमाएको सम्पतिले सदरमुकाममा य...

हाम्रो पर्यटन

यो पोस्ट लेखिरहँदा म सुर्खेतको एउटा होटलमा छु । म जस्ता धेरै यात्रीहरु भोलि त आफ्नो गन्तव्यमा पुगीएला भन्ने आशले कैयौ दिनदेखि यसै होटलमा छन् । ति यात्रुहरु कोहि कर्णालिका स्थानिय, कोहि सरकारी र गैरसरकारी संस्थामा कार्यरत कर्मचारी र कोही बिदाको समयमा नेपाल घुम्न आएका पर्यटक छन् । कर्मचारी र स्थानीयको त यो सधैंको नियति भैगयो तर सिमित समय र पैसा बोकेर आएका पर्यटकहरुको पनि बिचल्ली देख्दा सारै नरमाइलो लागिरहेछ । आज बिहान मात्रै साता दिन म सँगै यहि होटलमा बसेका चार जना न्युजिल्याण्डका पर्यटकहरु हुम्ला जाने वातावरण नभएर दुखित मन लिएर फर्किए । खै किन हो म उनिहरुसँग अलि बढि नै नजिक भएको थिएँ र उनिहरुले पनि मलाइ कहिले कुनै कुरा सोध्न, उनिहरुका कतिपय कुराहरु अरुसँग बाँड्नको लागी नजिक पारिरहे । होटलमा उनिहरु आफैंवाहेक मसँग बारम्बार कुरा गरिरहन्थे । जव उनिहरु हुम्ला जाने कुनै उपाय नलागेर फर्किन लाग्दै थिए, उनिहरुको अनुहारमा देखिएको निराशाले मलाइ आफु जान नपाएको भन्दा पनि निराश बनायो । र यो पोष्ट लेख्न प्रेरीत गर्यो ।

मुगु अनुभव- प्रवेश

बिमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमालि बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरिहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका बिभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ । रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला ...

मुगु अनुभव- यात्रा

....सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा र...

एअरपोर्ट दैनिकी

बिहानै भालेको डाँकसँगै उठ्नु; एअरपोर्ट को गेट मा पुग्नु; एअरलाईन्सहरुको काउन्टरमा गएर बोल्दा पनि पैसा पर्ला जस्तो गर्ने रुखा कर्मचारीहरुसँग दबेको भाषामा जहाजको बारेमा बुझ्नु र निरास भएर फेरी होटल म फर्किनु दैनिकी जस्तै भएको छ गएको हप्ता देखी । ओहो सर अझै यतै ! हेर्नुन म आको त आज ११ दिन भै सक्यो, तपाईं कहिले देखी हो ! आज जान्छ रे त ! आज त चान्स नै भएन यार ! जस्ता वार्तालाप ले बिहान देखी साँझ नपरेसम्म पछ्याइरहन्छ । यो क्रम सधैं चलिरहेको छ कर्णाली जाने यात्रु (जनता र कर्मचारीहरु)को । हुनत दुर्गम भनेर धेरै कुराहरुमा प्राथमिकता र आरक्षण गरिएको छ कर्णाली र यहाँका नागरिकहरुलाई तर पनि वास्तविकता भोग्नेलाई मात्रै थाहा छ । कर्णालीमा जागिर सुरु गरेको १ बर्ष हुनै लाग्यो तर आवत जावतको यो समस्याले गर्दा यो समयको पनि राम्रै हिस्सा एअरपोर्ट (सुर्खेत र नेपालगन्ज) वरिपरी होटेल मा नै बसेर बितेको छ । यहिनै नियती हो कर्णालीमा बस्ने र काम गर्ने धेरै कर्मचारीहरुको, जनताको । कर्णाली का ५ जिल्ला हरु (कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु) मध्य कालिकोट जिल्लामा मात्रै काम चलाऊ सडक पुगेको छ त्यो पनि सदरमुका...

Say No To WFP

We have frequently heard about the United Nations World Food Program (WFP). WFP supplies food (rice, pulse and now even potatoes) to the remote districts of Nepal and in the World, where enough food cannot be grown for the whole year. This program supplying food for many districts of Nepal in the Name of Food For Work from East to West. Karnali Zone and its surrounding are some of those districts of Nepal where WFP supplies food. Primarily WFP is another name of "Rice" in these districts. People know WFP as a rice supplier in Karnali and adjoining areas. Seeing surfacely, it is one of the poor based program in Karnali and elsewhere in the world. But in depth it has played a significant negative role in the livelihood, economy, food habit and ultimately in the culture of people living there. Some of these negative effect of WFP are as follows and can be seen in these pictures too. Expensive and Less possible Transportation: WFP is giving high rate of transportation fare to th...