Skip to main content

Posts

Showing posts with the label मेरो देश

चर्चा कर्नालीको-चर्चा सुनकेशरीको

बितेका एक दूइ हप्ता अझ भनौँ बितेको महिनाभरीनै कर्णाली चर्चाको कुनै न कुनै उचाइमा रह्यो । विकास सुचकांकको हिसाबले अझै पनि नेपालको पुछारमा रहेको अञ्चल चर्चामा रहनुमा भिन्न भिन्न घटनाहरु कारण भैरहे । डिसेम्बरको दोस्रो हप्ता तिर ‘हिमालयन भियाग्रा’को नामले चिनिने यार्सागुम्बासम्बन्धी एरिक भ्यालीको डकुमेन्ट्रीले डोल्पा र कर्णालीको चर्चालाइ यती धेरै उठायो कि अन्तिम दिनको किम्फको त्यो प्रदर्शनीले झण्डै झण्डै सभागृहनै उचालेको थियो । दर्शकहरुले झण्डै मुलद्वार नै भाँचेका थिए सिटीहलको । ‘हिमालयन गोल्ड रस’को त्यो चर्चा सेलाउन नपाउँदै मुगुको सदरमुकाममा मोटरबाटो पुगेको तामझामयुक्त खबरले कर्णालीलाइ लगभग चर्चाको शिखरमै पुर्यायो । भएभरका नेपाली समाचार च्यानलहरुले घण्टा फेरीफेरी र बिषय फेरीफेरी त्यसलाइ प्रस्तुत गरिरहे । कसैले त गमगढी काठमाण्डौ रात्री बसै चलेको झैँ गरि नै समाचार फ्याँके । यौटा सामान्य घटना भएपनि सदरमुकाममा मोटरबाटो पुर्याउन अन्तिमबाट तेश्रो भएको उपलक्ष्यमा मुगु गमगढीले कर्णालीको चर्चालाइ केही हप्तासम्म धानिरह्यो । चर्चा अझै सेलाएको छैन कर्णालीको । शहरका अलि बुझेका अनि ट्वीटर र फेसबुकका ...

अविस्मरणीय भोक

असोजको महिना भएपनि मौसमले शरदको रुप लिइसकेको थिएन । मौसम खराव भएकोले कैयौँ दिनदेखि उडान नहुँदा यात्रुहरु रारा(ताल्चा) विमानस्थलमा अलपत्र परेका छन् भन्ने खबरले हाम्रो पनि यात्रामा तगारो हाल्ने हो की भन्ने शंका त मनमा छँदै थियो । तर मौसम हामीसँग दयालु भइदियो । बिहानै देखी मौसममा आएको सुधारले हामीलाइ एकहदसम्म खुसी नै बनायो । बिहानको नित्यकर्म सकेपछि हामी गमगढी छोड्ने तयारी गर्न लाग्यौँ । लामै बिदामा निस्कन लागेको हुनाले सबै कर्मचारी साथीहरुलाइ दशैँको शुभकामना सहित बिदा भयौँ । हवाइ यात्रा बाहेक अर्को विकल्प नभएको त्यो बिकट सदरमुकामबाट बिमानस्थल पुग्न लगभग २ घण्टाको नाकै ठोकिने ठाडो उकालो हिँड्नु पर्थ्यो । हामी दुइ जना थियौँ - डटेन्द्र गोले दाइ र म । काँधमा झोला बोकेर दाजुभाइ लाग्यौँ ताल्चा एअरपोर्टको बाटो । बिहानैदेखी खच्चरहरु काममा लागीसकेका रहेछन् । साँघुरो गोरेटोमा खच्चरहरुलाइ बाटो दिँदै हामी अगाडी बढीरह्यौँ । करिब आधा घण्टाको हिँडाइपछि गाउँ छिचोलियो, हामी उकालोको फेदमा आइपुग्यौँ । स्थानीयले काठ घिसार्दा र पहराबाट ढुंगा निकाल्दा बाटाभरी छरिएका धारीला चट्टानहरुको कारणले बाटो हिँड्न स...

हाम्रो पर्यटन

यो पोस्ट लेखिरहँदा म सुर्खेतको एउटा होटलमा छु । म जस्ता धेरै यात्रीहरु भोलि त आफ्नो गन्तव्यमा पुगीएला भन्ने आशले कैयौ दिनदेखि यसै होटलमा छन् । ति यात्रुहरु कोहि कर्णालिका स्थानिय, कोहि सरकारी र गैरसरकारी संस्थामा कार्यरत कर्मचारी र कोही बिदाको समयमा नेपाल घुम्न आएका पर्यटक छन् । कर्मचारी र स्थानीयको त यो सधैंको नियति भैगयो तर सिमित समय र पैसा बोकेर आएका पर्यटकहरुको पनि बिचल्ली देख्दा सारै नरमाइलो लागिरहेछ । आज बिहान मात्रै साता दिन म सँगै यहि होटलमा बसेका चार जना न्युजिल्याण्डका पर्यटकहरु हुम्ला जाने वातावरण नभएर दुखित मन लिएर फर्किए । खै किन हो म उनिहरुसँग अलि बढि नै नजिक भएको थिएँ र उनिहरुले पनि मलाइ कहिले कुनै कुरा सोध्न, उनिहरुका कतिपय कुराहरु अरुसँग बाँड्नको लागी नजिक पारिरहे । होटलमा उनिहरु आफैंवाहेक मसँग बारम्बार कुरा गरिरहन्थे । जव उनिहरु हुम्ला जाने कुनै उपाय नलागेर फर्किन लाग्दै थिए, उनिहरुको अनुहारमा देखिएको निराशाले मलाइ आफु जान नपाएको भन्दा पनि निराश बनायो । र यो पोष्ट लेख्न प्रेरीत गर्यो ।