Skip to main content

Posts

Showing posts with the label Conservation Heroes

नौलो संसार- ४

('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो पोस्टमा उनले लमजुङ देखी बिध्यालयको खोजिमा काठमाडौंसम्म पैदलै गरेको यात्राको बयान....) .......गाउँमा कुनै पाठशाला थिएन । यसो त लमजुङ जिल्लाभरी नै कतै पनि पाठशाला थिएन । एक जना छेत्री बुढा थिए, भारत गएर आएकाले उनलाई सबैले 'देशी बुढा' भन्ने गर्थे । तिनले नै लोकप्रिय धार्मिक श्लोकहरु लय हाली कण्ठस्थ पार्ने तरिकाद्वारा पढाउने गर्दथे । ठुलाले औपचारिक शिक्षा प्राप्त गरेकै थिएन । कारण उसका पिता गाउँघरको ब्यवहारले ब्यस्त रहन्थे र आमा अशिक्षित थीइन् । पाठशालामा पढ्न जान ठुला अती इच्छुक थियो । दरबार स्कुलमा छोटो समयमा पढ्दाका माइला र साइँला दाजुहरुका राम्राराम्रा पोसाकहरु र चित्रसहितका किताबहरु बाकसमा राखिएका देख्दा नै उसलाई पाठशाला जाने रुची भएको थियो । तर काठमाडौँ त राम्ररी हिँड्दा पनि सात दिन टाढा पर्दथ्यो । ठुलाका बाबु बर्षमा एकपल्ट पेन्सन थाप्न काठमाडौँ जाने गर्थे र फर्केर आउँदा नानीहरुका निम्ती मिठाइ त...

नौलो संसार- ३

('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो अंकमा उनको गोठालो जाँदाको बयान .....) ....एक दिन गाउँदेखी सबैभन्दा टाढा बाह्रपोखरी लेकमा पर्ने आफ्नो घरको भेडिगोठसम्मा जान ठुलाले आँट गर्‍यो । त्यहाँ पुग्न एक दिन लाग्दथ्यो र आवश्यक सरसामान लिन आएको घरकै गोठालाको साथ लागि ऊ त्यसतर्फ हिँड्यो । गुराँस र खस्रुको जङ्गल पार गर्दै जान पर्ने बाटो एकनासे उकालो थियो । उपत्यकामा रहेको बादल माथिमाथि हिँड्दा ठुला अती प्रफुल्लित भयो । रिमरिम साँझ पर्दा उनिहरु गोठमा पुगे जहाँ ठुलाले गन्नै नसक्ने सङ्ख्यामा भेडाबाख्राहरु खर्किएका थिए । तिनओटा डरलाग्दा भोटे कुकुराहरुले गोठमा पहरा दिन्थे र तिनिहरु भुक्दा तिनको आवाज पहाडहरुबाट प्रतिध्वनित हुन्थ्यो । गोठमा ठुलाले मनग्गे ताजा दुध, तर र कुराउनी खायो र आफुलाई न्यानो राख्न भेडाका पाठाहरुसँगै सुत्यो । बिहान चहकिलो घाम लाग्यो । हिमालचुलिको हिउँ सफा र ताजा देखियो । बिहानको खाना खाएपछी लगत्तै गोठालाहरुले भेडाबाख्राहरु चराउन लगे र ग...

नौलो संसार- १

(हर्क गुरुङ प्रत्येक बिकासप्रेमी नेपालीहरुको मनको अबिस्मरणिय नाम हो । हर्क गुरुङ लाई जसरी चिन्दा पनि हुन्छ भुगोलबिद, योजनाबिद, कार्टोग्राफर, पदयात्री वा संरक्षणकर्मी । लमजुङको तराँचेमा एउटा लाहुरे परिवारमा जन्मेका गुरुङ नेपाल को भुगोललाई सबैभन्दा नजिकबाट चिन्ने नेपाली हुन । पोखरा को भौगोलिक सर्बेक्षण बिषयमा विध्यावारीधी गरेका गुरुङ को यात्रा ब्रितान्त "The Vignette of Nepal" को नेपाली रुपान्तर "मैले देखेको नेपाल" म अहिले दोश्रो पटक पढिरहेको छु । यही पुस्तकका एकदमै मन छुने केही अंशहरु "Milan's Blog" का अबका केही पोस्टहरुमा । हुनत प्रतिलिपी अधिकारका अनेकन धाराहरुले यसलाई गैरकानुनी भन्न सक्छन तर म जस्ता आफ्नो देशको बारेमा बढी भन्दा बढी जानकारी राख्न चाहनेहरुका लागि यो प्रेरणादायक हुनेछ र हर्क गुरुङ प्रतिको साँचो श्रद्धान्जली पनि ।।।।।। यो पालोमा थाहा पाऔँ लम्जुङको सुदुर गाउँको "ठुला " ले देखेको नौलो संसारको कथा ।।।।। ) .....तराँचे मध्य नेपालको लमजुङ जिल्ला मा पर्ने एउटा सानो गाउँ हो, जुन गाउँ मर्स्याङ्दी नदिको देब्रे किनारमा अवस्थित छ। यस गाउँ...