Skip to main content

Posts

मुगु अनुभव- प्रवेश

बिमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमालि बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरिहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका बिभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ । रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला ...

नौलो संसार- ३

('मिलनब्लग' का केही पोस्टहरुदेखी राष्ट्रिय ब्यक्तित्व हर्क गुरुङ को बाल्यकालका अनुभवहरु उनको प्रकाशन "मैले देखेको नेपाल" बाट साभार गरी प्रकाशन गर्दै आएका छौ । यो अंकमा उनको गोठालो जाँदाको बयान .....) ....एक दिन गाउँदेखी सबैभन्दा टाढा बाह्रपोखरी लेकमा पर्ने आफ्नो घरको भेडिगोठसम्मा जान ठुलाले आँट गर्‍यो । त्यहाँ पुग्न एक दिन लाग्दथ्यो र आवश्यक सरसामान लिन आएको घरकै गोठालाको साथ लागि ऊ त्यसतर्फ हिँड्यो । गुराँस र खस्रुको जङ्गल पार गर्दै जान पर्ने बाटो एकनासे उकालो थियो । उपत्यकामा रहेको बादल माथिमाथि हिँड्दा ठुला अती प्रफुल्लित भयो । रिमरिम साँझ पर्दा उनिहरु गोठमा पुगे जहाँ ठुलाले गन्नै नसक्ने सङ्ख्यामा भेडाबाख्राहरु खर्किएका थिए । तिनओटा डरलाग्दा भोटे कुकुराहरुले गोठमा पहरा दिन्थे र तिनिहरु भुक्दा तिनको आवाज पहाडहरुबाट प्रतिध्वनित हुन्थ्यो । गोठमा ठुलाले मनग्गे ताजा दुध, तर र कुराउनी खायो र आफुलाई न्यानो राख्न भेडाका पाठाहरुसँगै सुत्यो । बिहान चहकिलो घाम लाग्यो । हिमालचुलिको हिउँ सफा र ताजा देखियो । बिहानको खाना खाएपछी लगत्तै गोठालाहरुले भेडाबाख्राहरु चराउन लगे र ग...

मुगु अनुभव- यात्रा

....सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा र...

नौलो संसार- २

(यो पालोमा पनि हर्क गुरुङको पुस्तक 'मैले देखेको नेपाल' बाट उनको बाल्यकालको गोठालो र सिकार को सँस्मरण । यो एउटा ब्यक्तिको सँस्मरण मात्रै नभएर त्यो समयको समाजको सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको प्रतिबिम्ब पनि हो ।) ......सबभन्दा राम्रो समय शरद ऋतु हुन्थ्यो, जुन बेला गाई, भैंसी, भेडाबाख्रा र घोडाहरु लेकतिरका खर्कहरुबाट झर्थे र गाउँका खेतबारी हुँदो चर्दथे । गाउँ नजिकै गोठहरुमा दुध र नौनी घिउको छेलोखेलो हुन्थ्यो र केटाहरु दौडिरहेका घोडाहरु खेद्ने, पक्रने र चढ्ने गर्दथे । त्यस समयमा सयपत्री फूलहरु फुलेर गाउँ नै ढकमक्क हुन्थ्यो र यसै बेला दशैँ र तिहारभरी परिवारका सदस्यहरुको पुनर्मिलन हुन्थ्यो । शरद्कालमा मिर्ग, भालु र बनेलका सिकार गर्ने जेठापाकाहरुको चलन नै थियो । ठुलाका घरका सिकार खेलेर मारिएका बिभिन्न जन्तुका सिङहरु थुप्रै जम्मा भएका थिए । केटाहरुले ठुलाबडाले सिकार खेलेको सिको गर्न मन पराउँथे र त्यस्तै सिकारबाजी खेल खेल्दथे । केटाहरुमध्ये एक जना मिर्गको सिङ टाउकामा बाँधेर भाग्दथ्यो र अन्य केटाहरुचाहीँ सिकारी र कुकुरहरु भएर त्यसलाई खेत, बार तथा जङगलैजङगल लखेट्ने गर्दथे । ठुला जहि...

नौलो संसार- १

(हर्क गुरुङ प्रत्येक बिकासप्रेमी नेपालीहरुको मनको अबिस्मरणिय नाम हो । हर्क गुरुङ लाई जसरी चिन्दा पनि हुन्छ भुगोलबिद, योजनाबिद, कार्टोग्राफर, पदयात्री वा संरक्षणकर्मी । लमजुङको तराँचेमा एउटा लाहुरे परिवारमा जन्मेका गुरुङ नेपाल को भुगोललाई सबैभन्दा नजिकबाट चिन्ने नेपाली हुन । पोखरा को भौगोलिक सर्बेक्षण बिषयमा विध्यावारीधी गरेका गुरुङ को यात्रा ब्रितान्त "The Vignette of Nepal" को नेपाली रुपान्तर "मैले देखेको नेपाल" म अहिले दोश्रो पटक पढिरहेको छु । यही पुस्तकका एकदमै मन छुने केही अंशहरु "Milan's Blog" का अबका केही पोस्टहरुमा । हुनत प्रतिलिपी अधिकारका अनेकन धाराहरुले यसलाई गैरकानुनी भन्न सक्छन तर म जस्ता आफ्नो देशको बारेमा बढी भन्दा बढी जानकारी राख्न चाहनेहरुका लागि यो प्रेरणादायक हुनेछ र हर्क गुरुङ प्रतिको साँचो श्रद्धान्जली पनि ।।।।।। यो पालोमा थाहा पाऔँ लम्जुङको सुदुर गाउँको "ठुला " ले देखेको नौलो संसारको कथा ।।।।। ) .....तराँचे मध्य नेपालको लमजुङ जिल्ला मा पर्ने एउटा सानो गाउँ हो, जुन गाउँ मर्स्याङ्दी नदिको देब्रे किनारमा अवस्थित छ। यस गाउँ...

Pokhara Declaration

The first international workshop on community forestry held in Pokhara, Nepal from September 15-18, 2009 concluded with eight-point declaration. About 200 representatives of diverse stakeholders from communities, governments, civil society and other development partners from over 30 countries participated in the workshop. Pokhara Declaration Recognizing that local communities and indigenous peoples have demonstrated the capacity to organize and act towards sustainable management, utilization and democratic governance of forests; and their legitimate claims for the recognition of their land and forest rights worldwide. Recognizing the wide range of institutional, entrepreneurial and governance innovations by communities and their partners; Recognizing the emergence of grassroots networks, federations and associations influencing governance at different scales, and advocating for the rights of local, indigenous, poor and socially marginalized communities; Recognizing the positive steps ...

एअरपोर्ट दैनिकी

बिहानै भालेको डाँकसँगै उठ्नु; एअरपोर्ट को गेट मा पुग्नु; एअरलाईन्सहरुको काउन्टरमा गएर बोल्दा पनि पैसा पर्ला जस्तो गर्ने रुखा कर्मचारीहरुसँग दबेको भाषामा जहाजको बारेमा बुझ्नु र निरास भएर फेरी होटल म फर्किनु दैनिकी जस्तै भएको छ गएको हप्ता देखी । ओहो सर अझै यतै ! हेर्नुन म आको त आज ११ दिन भै सक्यो, तपाईं कहिले देखी हो ! आज जान्छ रे त ! आज त चान्स नै भएन यार ! जस्ता वार्तालाप ले बिहान देखी साँझ नपरेसम्म पछ्याइरहन्छ । यो क्रम सधैं चलिरहेको छ कर्णाली जाने यात्रु (जनता र कर्मचारीहरु)को । हुनत दुर्गम भनेर धेरै कुराहरुमा प्राथमिकता र आरक्षण गरिएको छ कर्णाली र यहाँका नागरिकहरुलाई तर पनि वास्तविकता भोग्नेलाई मात्रै थाहा छ । कर्णालीमा जागिर सुरु गरेको १ बर्ष हुनै लाग्यो तर आवत जावतको यो समस्याले गर्दा यो समयको पनि राम्रै हिस्सा एअरपोर्ट (सुर्खेत र नेपालगन्ज) वरिपरी होटेल मा नै बसेर बितेको छ । यहिनै नियती हो कर्णालीमा बस्ने र काम गर्ने धेरै कर्मचारीहरुको, जनताको । कर्णाली का ५ जिल्ला हरु (कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु) मध्य कालिकोट जिल्लामा मात्रै काम चलाऊ सडक पुगेको छ त्यो पनि सदरमुका...