Skip to main content

Posts

Showing posts from January, 2013

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल

चर्चा कर्नालीको-चर्चा सुनकेशरीको

बितेका एक दूइ हप्ता अझ भनौँ बितेको महिनाभरीनै कर्णाली चर्चाको कुनै न कुनै उचाइमा रह्यो । विकास सुचकांकको हिसाबले अझै पनि नेपालको पुछारमा रहेको अञ्चल चर्चामा रहनुमा भिन्न भिन्न घटनाहरु कारण भैरहे । डिसेम्बरको दोस्रो हप्ता तिर ‘हिमालयन भियाग्रा’को नामले चिनिने यार्सागुम्बासम्बन्धी एरिक भ्यालीको डकुमेन्ट्रीले डोल्पा र कर्णालीको चर्चालाइ यती धेरै उठायो कि अन्तिम दिनको किम्फको त्यो प्रदर्शनीले झण्डै झण्डै सभागृहनै उचालेको थियो । दर्शकहरुले झण्डै मुलद्वार नै भाँचेका थिए सिटीहलको । ‘हिमालयन गोल्ड रस’को त्यो चर्चा सेलाउन नपाउँदै मुगुको सदरमुकाममा मोटरबाटो पुगेको तामझामयुक्त खबरले कर्णालीलाइ लगभग चर्चाको शिखरमै पुर्यायो । भएभरका नेपाली समाचार च्यानलहरुले घण्टा फेरीफेरी र बिषय फेरीफेरी त्यसलाइ प्रस्तुत गरिरहे । कसैले त गमगढी काठमाण्डौ रात्री बसै चलेको झैँ गरि नै समाचार फ्याँके । यौटा सामान्य घटना भएपनि सदरमुकाममा मोटरबाटो पुर्याउन अन्तिमबाट तेश्रो भएको उपलक्ष्यमा मुगु गमगढीले कर्णालीको चर्चालाइ केही हप्तासम्म धानिरह्यो । चर्चा अझै सेलाएको छैन कर्णालीको । शहरका अलि बुझेका अनि ट्वीटर र फेसबुकका